२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेख साँस्कृतिक महोत्सवको उद्घाटन

२९ माघ २०७४, सोमबार १६:५०

माघ २९, दैलेख | पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र असहाय अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले दैलेख साँस्कृतिक महोत्सब सोमवारबाट सुरु भएको छ । ८ दिन सम्म संचालन हुने महोत्सवको उद्घाटन गर्दै दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले साँस्कृति रुपमा दैलेख जिल्ला प्रदेश नं. ६ कै धनि भएको उद्घोष गरेका छन् ।

रिपोटर्स क्लव दैलेख शाखाद्धारा आयोजित दैलेख साँकृतिक महोत्सवको उद्घाटन गर्दै शर्माले यस्तो उद्घोष गरेका हुन् । जिल्लाको साँस्कृतिक सम्पदाहरुको प्रचार प्रसार गर्नका लागि यस्ता साँस्कृतिक महोत्सबहरु आयोजना गर्नुपर्ने बताउदै शर्माले साँस्कृतिक महोत्सबले दैलेखको गरिमा बचाई राख्ने बताए ।महोत्सवले जिल्लाका पुराना सँस्कृतिहरु जोगाउन महत्वपूर्ण योगदान पुर्याउने बताउदै स्थानीय कला सँस्कृति बचाउन स्थानीय तहहरुले अभियान संचालन गर्न जरुरी रहेको बताए ।


महोत्सवको उद्घाटनमा दैलेख जिल्लामा ११ स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, जिल्ला समन्वय समिति दैलेखका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगाएत सहभागि थिए ।पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव ८ दिन सम्म संचालन हुनेछ ।

महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती आयोजकले जनाएको छ । आयोजकका अनुसार चर्चित गायीका अञ्जु पन्त, बद्री पंगेनी, केदार घिमिरे (माग्ने बुढा), दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर लगाएतका राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने  महोत्सवमा १ सय स्टल राखिएको छ ।

जिल्लाका ११ वटा स्थानीय तहका कला संस्कृती झल्कने झाँकी तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने महोत्सबका संयोजक गोविन्द केसीले जानकारी दिएका छन् । दैलेख साँस्कृति महोत्सबको उद्घाटन कार्यक्रम संयोजक गोविन्द केसीको अध्यक्षतामा भएको थियो । महोत्सवका स्थानीय उत्पादन र स्थानीय उद्यमी व्यापारीहरुलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा