२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शहिदको सम्झनामा हर्षेडाँडा मन्दिर परिसर सरसफाई

१७ माघ २०७२, आईतवार ०८:४०

सन्तोषकुमार गुप्ता/ माघ १७, भालुवाङ ।  शहिद दिवसको अवसरमा शनिबार सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले लालमटियाको धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडा मन्दिर परिसर सरसफाई गरेको छ ।

लालमटिया गाविसलाई पूर्ण सरसफाई गाविस बनाउन तथा नागरिकहरुमा धार्मिक, समाजिक तथा सार्वजनिक स्थलको संरक्षण सर्बद्धन गर्न सरसफाई गर्नु पर्छ भन्ने सन्देश प्रबाह गर्ने उद्देश्यले सेवा केन्द्रको बार्षिक नियमित तथा मासिक कार्यक्रम अन्र्तगत यस पटक धार्मिक स्थल सरसफाई गरिएको केन्द्रले जनाएको छ । सार्वजनिकस्थलको सरसफाई स्वम् आफैले गर्नु पर्छ भन्ने बानीको विकास गराई सरसफाई कार्यलाई निरन्तरता दिन केन्द्रले यसरी नै महिनाको दुई पटक सार्वजनिक स्थलको सरसफाई गर्ने केन्द्रकी केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेले जानकारी दिईन् ।
dang district - sajha sabalअरुलाई सरसफाई गर्नु भन्दा पनि आफैले सरसफाई गरेर देखाए पछि मात्र उनीहरुले पनि सरसफाई गर्नु पर्छ भन्ने भावनाको विकास हुन्छ त्यसैले हामीले पनि यसरी सरसफाई गरेका हौँ अध्यक्ष न्यौपाने भनिन् । सहिदहरुलाई सम्झने फरक—फरक तरिका हुन्छ, हामीले सहिदको सम्झनामा धार्मिकस्थल सरसफाई ग¥यौँ अध्यक्ष न्यौपानेले भनिन् । वि.सं. १९९७ साल माघ १६ गते तत्कालिन निरकुश राणशाहीले प्रजातन्त्रका खातिर आवाज बुलन्द गर्ने चार होनहार व्यक्तिहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई मृत्यु दण्ड दिएको थियो, सोही दिनको सझनामा प्रत्येक बर्ष माघ १६ गते शहिद दिवस मनाउँदै आएको छ । उक्त धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडामा प्रत्येक बर्ष पु २९ गते देखि माघ २ गते सम्म माघी मेला सञ्चालन हुँदै आएको छ । साथै हर्षेडाँडामा देउखुरी लगायत विभिन्न ठाउँबाट बनभोज खान विभिन्न समूह र घुम्नका लागि युवा युवती, प्रेम जोडी तथा नवदम्पति जोडी समेत आउने गर्दछन् ।
dang district -सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी सहायक निरिक्षक रोहित कुँवरक्षेत्री, अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका ट्राफिक प्रहरी प्रमुख चन्द्र केसी, सेवा केन्द्रका उपाध्यक्ष सन्तोषकुमार गुप्ता, सचिव उमेश अधिकारी, कोषाध्यक्ष युवराज भुसाल, सदस्यहरु मालिका आचार्य, शारदा भुसाल, शान्ति विक, सरस्वती पोख्रेल, कमला गिरी, केन्द्रका कार्यालय प्रमुख तथा सामुदायिक प्रहरी अमृत कठायत, सञ्चारकर्मी विदुर एमसी, इराधा झाँक्री लगायतको उपस्थति रहेको थियो ।

dang

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो