२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा अख्तियारको अनुसन्धान सुस्त

२९ माघ २०७४, सोमबार १६:५७

माघ २८, सुर्खेत | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको अनुसन्धान सुस्त देखिएको छ । अख्यितारको प्रगति विवरण अनुसार कार्यालयमा पर्ने उजुरी मध्ये कमै मात्र फछ्र्यौट हुने गरेको पाइएको हो । भ्रष्टाचार, अनियमितताका उजुरी धेरै पर्ने र थोरै मात्रा अनुसन्धान हुने भएकाले अख्तियारमा बर्षेनी उजुरीको चाङ्ग लाग्ने गरेको छ ।

हालसम्म चार सय ८३ उजुरी कार्यालयमा परेका छन् । जसमध्ये एक सय ५० वटा उजुरी मात्रै फछ्र्यौट गरिएको कार्यालयका उप–सचिव जंगबहादुर डाँगीले बताए । उनका अनुसार तीन सय ३३ वटा उजुरीमाथि अनुसन्धान हुन सकेको छैन् । कार्यालयले ३६ वटा उजुरी विस्तृत अनुसन्धान थालेको छ ।उनले कार्यालयमा सबैभन्दा बढी उजुरी शिक्षाका परेको बताए । प्रदेश ६ का १० जिल्लालाई कार्यक्षेत्र बनाएको आयोगको कार्यालय सुर्खेतमा शिक्षाका सबैभन्दा बढी उजुरी परेका छन् । एक सय ४८ उजुरी मध्ये ४३ वटा फछ्र्यौैट गरिएको छ ।

शिक्षाका एक सय पाँच उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन् । यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक सय २२, स्वास्थ्यका २५, उर्जाका २२, सिँचाईका २० वटा उजुरी परेका छन् । यस्तै खानेपानी तथा सरसफाइका १७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयानका १३, सहरी विकासका ११, गृहका ११ भौतिक पूर्वाधार तथा यातायतमा १० उजुरी परेका छन् ।

कार्यालयले चालु आर्थिक वर्षमा एकजनालाई रंगेहात पक्राउ पारेको बताएको छ । यस्तै चार लाख १७ हजार रुपैयाँ असुली गरेको छ । कार्यालयमा परेका उजुरीमध्ये कमै मात्रामा फछ्र्यौैट हुदाँ नागरिकहरुको जनविश्वास घट्दै गएको छ । विकास निर्माणमा भएको अनियमिततामाथि छानबिन होस भनि अख्तियारमा उजुरी दिने नागरिक निराश हुने थालेका छन् ।

विद्यालयमा भवन बनाउँदा गुणस्तर नभएको, छात्रवृति रकममा दुरुपयोग भएको, पाठ्यपुस्तक वितरणमा, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएका उजुरी धेरै परेको कार्यालय प्रमुख रविलाल पन्थले बताए ।कर्मचारी अभाव हुनुले नागरिकको अपेक्षा अनुसार उजुरीमाथि छानविन गर्न नसकिएको उनले बताए । प्रदेशमा कार्यसम्पादन गर्नका लागि अनुचित कार्यमा क्षेत्राधिकार नहुनु, भौगौलिक विकता, उजुरीको गुणस्तरीयता बृद्धि गर्न नसक्नुलगायतका चुनौती रहेको कार्यालय प्रमुख पन्थले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य