२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अभाव र दवाब मुक्त बरातुका महिला

२०७४, २९ माघ सोमबार १७:०४

दलसिंह गिरी | माघ २९, कालिकोट | नेपालका अधिकांश ग्रामिण इलाकामा अझै पनि कायमै रहेको पाईन्छ महिलाहरुले आफ्नो इच्छानुसार कुनैपनि सामानहरु बिक्रि बितरण तथा किनमेल गर्न नपाउने प्रचलन । कुनै घरायसी सामान्य बस्तु किनमेल तथा विक्रिबितरण गर्नु परेमा घरको मुली अथवा आफ्नो पती, छोरा वा पुरुष मानिसलाई नसोधी त्यो कार्य गर्न पाईदैन । धेरै जसो महिलाहरु निर्णायक अधिकार टाढै रहेको पाईन्छ ।

तर यस्ता बन्देजकारी घटनाक्रमबारे अनभिग्य जस्तै देखिएका छन् खाडाचक्र नगरपालिका वडा नं. ११ बरातुका महिला । उनीहरु सधै जसो प्राय विहान पख खेतबारी तथा मेलापात (घास दाउरा गर्नेकाम) चुलोचौको गरी खानपीन गर्छन् अनि आफ्नै बारीमा फलेका तरकारी फलफूल टिपी जिल्ला सदरमुकाम खाडाचक्र बजार केन्द्रमा विक्रिवितरण गर्छन । अनी आफ्नै मन सुहाउदो आवश्यक सामानहरु किनमेल गरी गाउँ फर्किन्छन् ।

बरातुका महिलाको दैनिकी जस्तो कार्यमा घरका अन्य कुनैपनि सदस्यले केही भन्दैनन् । घरखर्च, आफ्ना केटाकेटीहरुका लागि पढाई खर्च आफै ब्यवस्थापन गर्छन । फलफूल तथा तरकारी खेतीका लागि हावापानी सुवाउदो भुगोल मिलेको खेती योग्य जमिन भएकाले पनि त्यहाँका महिलाहरु तरकारी तथा फलफूल खेतीमा आफै अग्रसर भएको देखिन्छन् ।


विशेष गरी कृषि सम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुको सहयोग तथा समन्वयमा अग्रसर भएका महिला कृषक कृषि सम्बन्धी बिभिन्न अभिमुखीकरण तथा तालिमहरु पाईरहेकाले पनि उनीहरुलाई थप हौसला तथा उर्जा थपिएको पाईन्छ ।

बरातुका महिला तरकारी तथा फलफूल खेती ब्यवसायीकरुपमा अग्रसर हुनुमा आफ्नै घरपरिवारको पृष्ठपोषण रहेको अगुवा कृषक तारा गिरी बताउँँछिन् । उनी भन्छीनः आजभोली गाउँमा पुरुष जती अन्य परिश्रम गर्छन, हामी महिला जती ब्यवसायीक कृषि खेतीगरी घर खर्च तथा केटाकेटीलाई पढाई खर्च सबै ब्यवस्थापन गर्दछौं ।

प्राय १२ महिना मै कुनै न कुनै फलफुल तथा तरकारी उत्पादन खाली नहुने  बरातुमा कुनैमहिना खाली भएर बस्नु नपरेको अगुवा कृषक गिरी बताउछिन् । कम्तिमा बार्षिक करीब १ लाख भन्दा नकमाउने कुनैपनि महिला नरहेको गिरी बताउछिन् । यहाका महिलाहरु आफ्नो स्वास्थ्य उपचार समेतको खर्च ब्यवस्थापन आफै गर्ने गरेको बरातुका महिला बताउछन् ।


आत्मनिर्णयको अधिकार बारे खुशीको ब्यक्त गर्दै अर्का अगुवा कृषक विरु भारती बरातुका महिलाको हकमा आत्मनिर्णयको अधिकार प्रक्रितिले दिएको बरदान जस्तै भएको बताउछन् । सुहाँउदो हावापानी संगै उचित बजार ब्यवस्थापन पनि जनिकै भएकाले यहाँका महिलाहरु आर्थिकरुपमा सक्षम देखिएका भारती बताउछिन् ।

जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको गाउँको रुपमा घोषणा गरेको बरातुमा यी महिलाहरुका प्रतिनीधि पात्र मात्रहुन् विरु र तारा । पूर्ण छाउपडी मुक्त र पूर्ण सरसफाई युक्त गाउँ घोषणा गर्न अहम भूमिका खेलेको यहाँका महिला अहिले जिल्लामै चित परिचित बन्दै गएका पाईन्छ ।

जिल्लाका विभिन्न निकायहरुको निरन्तर सम्बन्धका कारणले पनि यहाँका महिलाहरुको चेतना स्तरमा बृद्धि भै यस्तो प्रतिफल पाईएको बालविकास आधारभूत विद्यालयका प्रधानाध्यापक टेक बहादुर भारती बताउछन् । हाल बरातुलाई छाउपडी मुक्त, पूर्ण साक्षर र पूर्ण सरसफाई युक्त गाउँ घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला