२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेपाली काँग्रेस लालमटियामा सर्वसम्मत नयाँ नेतृत्व चयन

२०७२, १७ माघ आईतवार ०८:४४

सन्तोषकुमार गुप्ता/ माघ १७, भालुवाङ । नेपाली काँग्रेसको आसन्न १३ औँ अधिवेशन अन्र्तगत शुक्रबार नेपाली काँग्रेस लालमटिया ईकाई कमिटीको पार्टी कार्यालय श्रीनारायणचोक मौरीघाटमा भएको १३ औँ अधिवेशनले दुर्योधन पाण्डेको सभापतित्वमा ११ सदस्यीय नयाँ नेतृत्व र १२ सदस्यीय क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

ईकाई कमिटीको बरिष्ठ उपसभापतिमा युवराज न्यौपाने, सचिवमा हस्तबहादुर गुरुङ्ग, कोषाध्यक्षमा ढालबहादुर विक चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बिनोदकुमार पाण्डे, प्रकाश बस्नेत, युवराज भुसाल, चित्रम चौधरी, मानबहादुर जिसी, प्रसान्त भुसाल र चेतमान घर्तीलाई सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत रामकुमार चौधरीले जानकारी दिए ।

त्यस्तै अधिवेशनले १२ जना क्षेत्रिय प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ । जस अनुसार हरिप्रसाद भुसाल, लालमोहम्मद मियाँ, नुमानन्द सुवेदी, दोर्ण भुसाल, चन्द्रबहादुर जिसी, दुर्गाप्रसाद शर्मा, तराबहादुर डिसी, पुष्पा पाण्डे, मिना थापा, गौरीमाया घर्ती, टंकनाथ चौधरी र बिष्णु विक रहेको निर्वाचन अधिकृत चौधरीले जानकारी दिए । ईकाई उपसभापति तथा बाँकी सदस्य बैठक पछि मनोनय गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी