Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अज्ञात रोगले तीन हप्तादेखि छात्रा बिरामी हुँदा पढाइ बन्द

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १, जाजरकोट | अज्ञात रोगका कारण जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविमा पढाइ बन्द भएको छ । छात्राहरू एकपछि अर्को बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो ।

पढाउन लाग्दा हात काम्ने, कराउने समस्याले छात्राहरु कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो ।

दैनिक ६ देखि ११ जनासम्म छात्रा बिरामी भएपछि पढाइ सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । कक्षा ५ देखिमाथि १० कक्षासम्मका छात्रामा यो समस्या देखिएको हो ।

विद्यालयमा बिहान केही नहुने तर दिउँसोे १ बजेपछि छात्रा कराउँदै बिरामी हुने गरेको सिंहको भनाइ छ । विद्यालयमा तीन हप्तादेखि यस्तो समस्या आउँदा धामी ल्याएर विद्यालयमा पूजादेखि डाक्टर ल्याएर उपचार गर्दासम्म समस्या समाधान नभएपछि अभिभावकमा पनि तनाव भएको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणबहादुर खत्रीले जानकारी दिनुभयो ।

छात्राहरु बिरामी भएपछि शिक्षिकामा समेत मानसिक समस्या बल्झिएकाले पठनपाठमा समस्या भएको छ । रासस