२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिरिनभ्यालीको १३ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

२२ माघ २०७२, शुक्रबार १३:५०

सन्तोषकुमार गुप्ता/ माघ २२, भालुवाङ्ग ।

विजयी प्रतियोगीलाई पुरुस्कार वितरण, दुई सञ्चारकर्मी सम्मानित
लालमटियाको सिरिनभ्याली उच्च माध्यमिक विद्यालय मौरीघाटले आफ्नो १३ औँ बार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक सहित पुरुस्कार वितरण कार्यक्रम आफ्नै विद्यालय परिसरमा सम्पन्न भएको छ ।
dang 1
वि.सं. २०६१ सालमा स्थापना भएको विद्यालयले आफ्नो स्थापना दिवस तथा बार्षिक उत्सवको अवसरमा सञ्चालित साता व्यापी खेलकुद प्रतियोगिता अन्र्तगत भलिबल, क्रिकेट, खोखो, ब्याटमिन्टन, हाईजम, लङ्गजम्प, रिलेदौड, हिसाव दौड, चम्चा दौड, कुर्सी दौड, घैटाफोर र कब्बडी प्रतियोगिताका बिजयी खेलाडीहरुलाई पुरुस्कार तथा प्रमाण—पत्र प्रदान गरिएको थियो । त्यसैगरी विद्यालयले सञ्चालन गरेको शुक्रबारिय प्रतियोगिता अन्र्तगत हाजिरी जवाफ, बादबिबाद, निबन्ध लेखन र वक्तृत्वकलामा प्रतियोगिताका बिजयी प्रतियोगीहरुलाई समेत पुरुस्कार तथा प्रमाण—पत्र प्रदान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु सहित सन्देशमूलक नाटक समेत प्रदर्शन गरेका थिए ।
dang 2
विद्यालयका प्राचार्य तेज बिष्टको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितीका अध्यक्ष कृष्ण गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकहरुले हातेमालो गर्नु पर्ने बताएका थिए । सह—प्राचार्य खिम केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थापक प्राचार्य शेरबहादुर गिरी, पूर्व प्राचार्य लक्ष्मण खत्री, अभिभावक टेकबहादुर कार्की, सावित्रा पौडेल, सञ्चारकर्मीद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी र विद्यार्थी प्रेम वली लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा सञ्चारकर्मीद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसीलाई मायाको चिनो सहित सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक नारायण खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…