२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिरिनभ्यालीको १३ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

२०७२, २२ माघ शुक्रबार १३:५०

सन्तोषकुमार गुप्ता/ माघ २२, भालुवाङ्ग ।

विजयी प्रतियोगीलाई पुरुस्कार वितरण, दुई सञ्चारकर्मी सम्मानित
लालमटियाको सिरिनभ्याली उच्च माध्यमिक विद्यालय मौरीघाटले आफ्नो १३ औँ बार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक सहित पुरुस्कार वितरण कार्यक्रम आफ्नै विद्यालय परिसरमा सम्पन्न भएको छ ।
dang 1
वि.सं. २०६१ सालमा स्थापना भएको विद्यालयले आफ्नो स्थापना दिवस तथा बार्षिक उत्सवको अवसरमा सञ्चालित साता व्यापी खेलकुद प्रतियोगिता अन्र्तगत भलिबल, क्रिकेट, खोखो, ब्याटमिन्टन, हाईजम, लङ्गजम्प, रिलेदौड, हिसाव दौड, चम्चा दौड, कुर्सी दौड, घैटाफोर र कब्बडी प्रतियोगिताका बिजयी खेलाडीहरुलाई पुरुस्कार तथा प्रमाण—पत्र प्रदान गरिएको थियो । त्यसैगरी विद्यालयले सञ्चालन गरेको शुक्रबारिय प्रतियोगिता अन्र्तगत हाजिरी जवाफ, बादबिबाद, निबन्ध लेखन र वक्तृत्वकलामा प्रतियोगिताका बिजयी प्रतियोगीहरुलाई समेत पुरुस्कार तथा प्रमाण—पत्र प्रदान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु सहित सन्देशमूलक नाटक समेत प्रदर्शन गरेका थिए ।
dang 2
विद्यालयका प्राचार्य तेज बिष्टको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितीका अध्यक्ष कृष्ण गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकहरुले हातेमालो गर्नु पर्ने बताएका थिए । सह—प्राचार्य खिम केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थापक प्राचार्य शेरबहादुर गिरी, पूर्व प्राचार्य लक्ष्मण खत्री, अभिभावक टेकबहादुर कार्की, सावित्रा पौडेल, सञ्चारकर्मीद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी र विद्यार्थी प्रेम वली लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा सञ्चारकर्मीद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसीलाई मायाको चिनो सहित सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक नारायण खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी