प्रभात सुवेदी । फागुन २, बर्दिया ।

तल्लो स्तरका समुदायभन्दा पनि शिक्षित र आफूलाई माथिल्लो वर्गका संझिनेहरुले नै हात्तिपाइले रोगको औषधि नखाएको वा खान हिच्किचाएको आज गुलरियामा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तर्किया कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन २, बर्दिया ।

तल्लो स्तरका समुदायभन्दा पनि शिक्षित र आफूलाई माथिल्लो वर्गका संझिनेहरुले नै हात्तिपाइले रोगको औषधि नखाएको वा खान हिच्किचाएको आज गुलरियामा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तर्किया कार्य"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

शङ्का नगरी खानुस् है ! नत्र यस्तै होला नि फेरि !

२ फाल्गुन २०७४, बुधबार १६:१५

प्रभात सुवेदी । फागुन २, बर्दिया ।

तल्लो स्तरका समुदायभन्दा पनि शिक्षित र आफूलाई माथिल्लो वर्गका संझिनेहरुले नै हात्तिपाइले रोगको औषधि नखाएको वा खान हिच्किचाएको आज गुलरियामा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तर्किया कार्यक्रममा औंल्याइएको छ । 


जिल्लामा फागुन बाह्र गतेदेखि चौध गतेसम्म सञ्चालिन गरिने हात्तीपाइले (फाईलेरिया) रोग निवारण अभियानको पूर्व सन्ध्यामा आयोजित यो कार्यक्रममा आयोजित अन्तक्रियामा उक्त कुरा बताइएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा गरिएको “राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान २०७४” अन्तर्गत आयोजित पत्रकार सम्मेलमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले पढेलेखेका व्यक्ति तथा स्वाथ्यसेवामा रहेका व्यक्तिहरुले समेत हात्तिपाइले रोगको औषधि सेवन नगरेको बताउनुभयो । 

यसैगरी हात्तिपाइले औषधि खुवाउनका लागि अभियानमा खटिएर जाने स्वयंसेवकहरुले समेत आफुले औषधि सेवन नगरेको समेत बताउनुभयो । तसर्थ औषधि बाँडेर मात्रै नहुने र अबको अभियानमा भने प्रतक्ष्य निगरानीमा खुवाइने बताउनुहुँदै छुटेकाहरुको लागि भोलिपल्ट नै प्रत्येक घरघरमा गएर औषधि खुवाइने प्रमुख अधिकारीले बताउनुभयो । बर्दियाको कूल जनसंख्या ४ लाख ६५ हजार ७ सय ४६ मध्ये ४ लाख ३३ हजार २ सय ८० लाई हात्तीपाइले (फाइलेरिया) बिरुद्धको औषधि खुवाइने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताउनुभयो ।


रोग फैलिनबाट रोक्न र बिरामीको संख्यामा कमी ल्याउन तथा यो रोगका विरामीहरुलाई दीर्घरोग, असक्त एवं कुरुपताबाट बचाउने उद्देश्यले अभियान संचालन गरिन लागिएको बताउनुहुँदै  जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीले बर्दिया जिल्लामा हात्तिपाइले रोग र यसको निवारणका लागि भएगरेका गतिविधिहरु तथा त्यसका उपलब्धीहरुका बारेमा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यमसँग आवद्ध सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको थियो । 

वहाँले गत बर्ष बर्दिया जिल्लामा कूल जनसंख्याको ८२.८८ प्रतिशत र अघिल्लो बर्षमा ७९.५१ प्रतिशत जनसंख्याले हात्तीपाइलेको औषधि खाएका थिए । बर्दियामा गत वर्ष कार्तिक १८ गते गरिएको सर्भेक्षणमा धधबार ४ बैदाबैदीमा ३१० जनामध्ये ३७ जनामा र बबई २ डुम्रेनीमा ३०१ मध्ये १५ जनामा हात्तीपाइले पोजेटिभ देखा परेको बताउनुभयो ।

अभियानका लागि २५० स्वास्थ्यकर्मी, ८ सय ४१ महिला स्वास्थ्य स्वयंसेविका र १०५९ जना स्वयंसेवक गरी २ हजार एक सय ५० जना परिचालित गरिने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

जाडो लागि ज्वरो आउने, लिम्फ नलीहरु सुन्निने, हातगोडामा निलाकाला धर्साहरु देखिने, गिर्खाहरु बढ्दै जाने, पुरुषको अण्डकोष ठूलो हुदै जाने, महिलामा यौनाङ्ग तथा स्तन सुन्निने, खुट्टा सुन्निएर हात्तीको जस्तै हुने लगायतका यस रोगका लक्षण रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

दुई बर्ष मुनिका बालकालिका, गर्भवती तथा सात दिन नपुगेका सुत्केरी, सिकिस्त बिरामीहरु जस्ते मुटू, क्यान्सर, मृगौला, फोक्सो, २४ घण्टामा ज्वरो आएका बिरामी तथा छारे रोगका बिरामीले यो औषधि खान नहुने बताइएको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सभापति राजेन्द्रप्रसाद धितालको सभाध्यक्षतामा सम्पन्न गरिएको हो । कार्यक्रममा उपस्थित विभिन्न सञ्चारमाध्यममा अावद्द सञ्चारकर्मीहरुले अभियान सफल बनाउका लागि अा-अाफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान