२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विद्युत् चोरीमा संलग्न ८ जना मोरङ्गबाट पक्राउ

३ फाल्गुन २०७४, बिहीबार ०८:२५

फागुन ३, विराटनगर | विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । 

प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ । 

यसरी पक्राउ पर्नेमा कटहरी–६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, वर्ष ५२ को महेन्द्र सरदार र धर्मेन्द्र सरदार छन् । 

सबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

तस्करीको सामान बरामद 

‘सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान’ अन्तर्गत प्रहरीले करिब रु दुई लाख मूल्य बराबरको तस्करीको सामान आज बिहान बरामद गरेको छ । 

विराटनगरस्थित प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट भन्सार छली तथा चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ताकपडा, मरिच, सुपारी साइकल र रिक्सालगायतकोे सामान बरामद गरेको हो । 

उक्त सामान अनुसन्धानपश्चात् कारबाहीका लागि भन्सार कार्यालयमा आज बुझाइएको प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने