२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शिक्षालय भित्र अनावश्यक राजनिति नगर्न बक्ताहरुको सुझाव,

२०७२, १२ फाल्गुन बुधबार १४:४२

सन्तोषकुमार गुप्ता/ फागुन १२, भालुवाङ्ग ।

शिक्षालयको २० औँ बार्षिक उत्सव सम्पन्न
राप्ती प्राविधिक शिक्षालय लालमटियाको २० औँ बार्षिक उत्सव एवम् शिक्षा तथा व्यवसाय तालिम परिषद्को २८ औँ बार्षिक उत्सव कार्यक्रम बुधबार लालमटियामा सम्पन्न भएको छ ।
dang 4
शिक्षालय प्रमुख राजेन्द्रप्रसाद चौधरीको अध्यक्षता एवम् शिक्षालय सञ्चालक समिती सदस्य तथा लालमटिया गाविसका पूर्व अध्यक्ष द्रोण भुसालको प्रमुख आतिथ्यमा भएको बार्षिक उत्सव समारोहमा शिक्षालय उप—प्रमुख मोतीलाल चौधरीले आर्थिक बर्ष २०७१÷ ०७२ को ५ करोड २९ लाख ११ हजार २६ रुपैयाँको आय—व्यय सहितको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा अहिले सम्म टिएसएलसी र डिप्लोमा गरी २ हजार ६ सय ४१ जना दक्ष जन शक्ति र ५ हजार २५ अर्ध दक्ष छोटो अवधिको जनशक्ति उत्पादन भई नेपाल सरकार तथा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा सेवारत रहको उल्लेख गरिएको छ । शिक्षालयले अहिले सम्म छोटो अबधिको तालिम लिई ठुला ठुला विकासका निर्माण योजनाहरु ठेक्का लिई एक जनाले सयौ मजदुरहरुलाई रोजगार दिन सफल भएको प्रस्तुत प्रतिवेदन जनाईएको छ ।

dang 5

शिक्षालयबाट अध्ययन गरेका ८० प्रतिशत विद्यार्थी रोजगार तथा स्वरोजगार गराउन सफल भएको र १० प्रतिशत उच्च शिक्षामा गएको प्रतिवेदनमा उल्लेख गरिएको छ । शिक्षालयले गुणस्तर सुधार योजना, पञ्चबर्षिय रणनितिक योजना र आयस्तर बृद्धि योजना बनाई गुणस्तर बृद्धि गर्न र रोजगार सिर्जनाका लागि बिषय संग सम्बन्धित सरोकारवाला सम्मिलित सल्लाहकार समिती समेत गठन समेत गरेको शिक्षालयले जनाएको छ । शिक्षालयले अगामी आर्थिक बर्षका लागि सिबिल ओभरसियर कार्यक्रम सञ्चालन गर्ने र शिक्षालयका २० बर्षे पुराना पूर्वधारहरु मर्मत गर्ने जनाएको छ । सिटिईभिटी कै आंगिक शिक्षालयहरु मध्ये राप्ती प्राविधिक शिक्षालय नमुना शिक्षालय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसै शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु शतप्रतिशत उत्तीर्ण गराउन सफल भएको र शैक्षिक सत्र २०७२ मा आइएससिएजी डिप्लोमा कृषि पशु बिज्ञान संकाय तर्फ बोर्ड फस्ट गराउन समेत सफल भएको शिक्षालयले जनाएको छ ।
dang 1

शिक्षालय उप—प्रमुख चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा आर्जन गर्ने पबित्र स्थल शिक्षालयमा अनावश्यक राजनिति नगर्न सुझाव दिएका छन् । उनीहरुले शिक्षालय ज्ञान, सिप सिक्ने थलो हो, यसलाई कसैले पनि राजनितिक अड्डा बनाउन नहुने बताएका थिए । उनीहरले शिक्षालय जस्तो संस्थाको बार्षिक उत्सव कार्यक्रम सञ्चालनमा मर्यादा क्रम नमिलाएको भन्दै बक्ताहरुले आक्रोश व्यक्त गरेका थिए ।

बार्षिक उत्सव कार्यक्रममा नेपाली काँग्रेसका लालमटिया ईकाई सभापति दुर्योधन पाण्डे, नेकपा एमाले लालमटिया गाउँ कमिटीका पूर्व अध्यक्ष किरण भण्डारी, एनेकपा माओवादी लालमटिया गाउँ पार्टी उपाध्यक्ष नारायण शर्मा, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसाल, राप्ती उद्योग बाणिज्य संघका सचिव प्रेमबहादुर केसी, समाजसेवी युबराज न्यौपाने, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा बार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तथा प्रतियोगितात्मक कार्यक्रमका बिजय प्रतियोगी तथा शिक्षालयका विभिन्न ट्रेडमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई पुरुस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत देखाएका थिए । कार्यक्रमको सञ्चालन शिक्षालयका स्वास्थ्य विभागका सहायक प्रशिक्षक माधव पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग