२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बार्हौ पाल्पा महोत्सव आजदेखि शुरु

२०७४, ३ फाल्गुन बिहीबार ११:३३

पाल्पा, ३ फागुन | तानसेनमा आजदेखि ‘१२औँ पाल्पा महोत्सव तथा व्यापार मेला’ शुरु भएको छ । 

‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ नाराका साथ आजदेखि शुरु भएको उक्त महोत्सव आउँदो फागुन १३ गतेसम्म चल्नेछ । 

पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको मेलामा ४०० व्यापारिक कक्ष रहेको छ । मेला अवधिभर रु दश करोड बराबरको कारोबार गर्ने तथा करिब तीन लाख दर्शक भित्र्याउने अपेक्षा रहेको मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । 

महोत्सवमा उठेको रकममध्ये केही रकमले पाल्पाको पर्यटन क्षेत्रको विकास सँगसँगै टुँडिखेलको स्तरोन्नतिका लागि खर्च गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । यस वर्षको मेलामा विगतको भन्दा फरक किसिमको व्यवस्था रहेको संघले जनाएको छ । स्थानीय खानाको परिकार, बाल उद्यान, कर्णेल उजुरसिंह थापाको पूर्णकदको सालिक, लोकसंस्कृति झल्कने गीत तथा नृत्यको महोत्सवमा प्रस्तुति रहने संघले जनाएको छ । 

प्रचारप्रसार कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक विष्णुमान बज्राचार्यका अनुसार पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीयस्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र संघको बहुउद्देश्यीय भवन निर्माणका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिकस्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अस्ट्रिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार