2026-09-15 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

तीन हजार बिरामीको स्वास्थ्य परीक्षण

फागुन ४, डडेल्धुरा | नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । 

नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघर लगायतका बिरामीको उपचार गरिएको थियो । गत माघ २१ गतेदेखि सञ्चालन भएको सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण एक हजार ९२९, पाठेघर सम्बन्धी चेकजाँच तीन सय १२, आँखाको उपचार एक हजार १८६, दाँतको उपचार ३३६ तथा भिडियो एक्सरे १६४ जनाको गरिएको नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिनुभयो । 

यसैगरी चश्मा वितरण ३९८ जना र मोतियाविन्दुका ११५ बिरामीको उपचार गरिएको थियो । सो कार्यको आर्थिक व्यवस्थापन गाउँपालिकाले गरेको थियो । तीन हजार २०७ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो । गाउँपालिकाका पाँचवटै वडामा एकिकृत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । निःशुल्क शिविर सञ्चालनमा रु १३ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ |रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ