२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

फरक दुई महोत्सव अब एउटै ब्यानरमा

४ फाल्गुन २०७४, शुक्रबार ०६:२४

फागुन ४, बर्दिवास | महोत्तरीको बर्दिवासमा आयोजना हुने फरक÷फरक दुई महोत्सव अब एउटै ब्यानरमा हुने भएपछि यस भेगमा उत्साह छाएको छ । बर्दिवास उद्योग बाणिज्य संघ र नेपाल आदिवासी जनजाति समन्वय परिषद् महोत्तरीले संयुक्त आयोजनामा यही फागुन १५ देखि २५ गतेसम्म ११ दिने महोत्सव गर्न सहमति गरेपछि यस भेगका सर्वसाधारण उत्साहित भएका हुन् । 

यसअघि पहिलो पटक गत माघ १३ गते बर्दिवास उद्योग बाणिज्य संघले फागुन १६ देखि २६ गतेसम्म र नेपाल आदिवासी जनजाति समन्वय परिषद महोत्तरीले गत माघकै २० गते फागुनकै ११ देखि १८ गतेसम्म छुट्टाछुट्टै महोत्सव आयोजन गर्ने पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेका थिए । 

दुई संस्थाले छुट्टाछुट्टै महोत्सव आयोजना गर्दा यसको राम्रो प्रभाव नजाने आपूहरुको सुझावपछि दुवै पक्ष संयुक्त आयोजनामा राजी हुनु राम्रो भएको बर्दिवास नगरपालिका–१ का वडाअध्यक्ष चुडामणि पोखरेलले बताउनुभयो । यसले बर्दिवासवासीमा उत्साह छाएको पोखरेलको भनाइ छ । 

सबै पक्षको आग्रह र अनुरोधलाई सम्मान गर्दै आपूmहरु एउटै ब्यानरमा महोत्सव गर्न सहमत भएको दुवै संस्थाका अध्यक्षले बताउनुभएको छ । 

“हाम्रो उद्देश्य बर्दिवासको व्यापार, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिनु हो”, बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष प्रल्हाद क्षत्रीले भन्नुभयो, “जनजाति परिषद्ले पनि बर्दिवास नगरकै चिनारी विस्तारका लागि महोत्सव आयोजना गर्ने उद्देश्य बनाउनु भएको रहेछ, यी सबैको चासोका कुरा भएकाले संयुक्त रुपमा महोत्सव आयोजन गर्ने टुङ्गोमा पुगेका हौँ ।” 

यसैगरी, जनजाति समन्वय परिषद्का जिल्ला अध्यक्ष महीकरण सिंह थारूले पनि महोत्सव संयुक्त ब्यानरमा आयोजना हुने बताउनु भएको छ । दुईतिरको आयोजनाले स्थानीय मनोमालिन्य बढ्ने आशंका अब हटेकाले महोत्सव भब्य सफल हुने यहाँका बासिन्दाको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो