Skip to content
Friday, July 17, 2026 Nepali Online Media

फरक दुई महोत्सव अब एउटै ब्यानरमा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ४, बर्दिवास | महोत्तरीको बर्दिवासमा आयोजना हुने फरक÷फरक दुई महोत्सव अब एउटै ब्यानरमा हुने भएपछि यस भेगमा उत्साह छाएको छ । बर्दिवास उद्योग बाणिज्य संघ र नेपाल आदिवासी जनजाति समन्वय परिषद् महोत्तरीले संयुक्त आयोजनामा यही फागुन १५ देखि २५ गतेसम्म ११ दिने महोत्सव गर्न सहमति गरेपछि यस भेगका सर्वसाधारण उत्साहित भएका हुन् ।

यसअघि पहिलो पटक गत माघ १३ गते बर्दिवास उद्योग बाणिज्य संघले फागुन १६ देखि २६ गतेसम्म र नेपाल आदिवासी जनजाति समन्वय परिषद महोत्तरीले गत माघकै २० गते फागुनकै ११ देखि १८ गतेसम्म छुट्टाछुट्टै महोत्सव आयोजन गर्ने पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेका थिए ।

दुई संस्थाले छुट्टाछुट्टै महोत्सव आयोजना गर्दा यसको राम्रो प्रभाव नजाने आपूहरुको सुझावपछि दुवै पक्ष संयुक्त आयोजनामा राजी हुनु राम्रो भएको बर्दिवास नगरपालिका–१ का वडाअध्यक्ष चुडामणि पोखरेलले बताउनुभयो । यसले बर्दिवासवासीमा उत्साह छाएको पोखरेलको भनाइ छ ।

सबै पक्षको आग्रह र अनुरोधलाई सम्मान गर्दै आपूmहरु एउटै ब्यानरमा महोत्सव गर्न सहमत भएको दुवै संस्थाका अध्यक्षले बताउनुभएको छ ।

“हाम्रो उद्देश्य बर्दिवासको व्यापार, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिनु हो”, बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष प्रल्हाद क्षत्रीले भन्नुभयो, “जनजाति परिषद्ले पनि बर्दिवास नगरकै चिनारी विस्तारका लागि महोत्सव आयोजना गर्ने उद्देश्य बनाउनु भएको रहेछ, यी सबैको चासोका कुरा भएकाले संयुक्त रुपमा महोत्सव आयोजन गर्ने टुङ्गोमा पुगेका हौँ ।”

यसैगरी, जनजाति समन्वय परिषद्का जिल्ला अध्यक्ष महीकरण सिंह थारूले पनि महोत्सव संयुक्त ब्यानरमा आयोजना हुने बताउनु भएको छ । दुईतिरको आयोजनाले स्थानीय मनोमालिन्य बढ्ने आशंका अब हटेकाले महोत्सव भब्य सफल हुने यहाँका बासिन्दाको भनाइ छ । रासस