२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

महिला उद्यमीले बनाए सुविधा केन्द्र

४ फाल्गुन २०७४, शुक्रबार ०७:४१

फागुन ४, म्याग्दी |  बेनी नगरपालिका–५ पुलाचौरका महिला उद्यमीले साझा सुविधा केन्द्र स्थापना गरेका छन् । 

पुलाचौर स्वीटर उत्पादक संघमा आवद्ध महिलाले सिकेको सीपलाई निरन्तरता दिँदै सामूहिक व्यवसाय गर्नका लागि साझा सुविधा केन्द्र स्थापना गरेका हुन् । 

समूहले रु छ लाख ९५ हजारको लागतमा भवन निर्माण गरेको हो । रु तीन लाख ४३ हजार ऋण रहेको समूहकी सचिव प्रभा सुवेदीले बताउनुभयो । गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रद्वारा सञ्चालित द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाले पुलाचौरका उद्यमीलाई ऊनीका कपडा बुन्ने मेसिनलगायत रु १२ लाख ३० हजार बराबरको सामग्री र कच्चा पदार्थ सहयोग गरेको अध्यक्ष शान्ति थापाले बताउनुभयो । 

भवन बनाउन स्थानीय सागर पौडेलले चार आना एक पैसा दुई दाम जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । संघअन्तर्गतका तीनवटा समूहमा आवद्ध ७६ जनामध्ये पहिलोचरणमा नौ जनालाई तीन महिने स्वीटर, गलबन्दी, मखलर, हाईनेक, स्कुल पोशाक, टोपी र कपडा बुन्ने तालीम प्रदान गरिएको थियो । 

पहिलो चरणको तालीम लिएकालाई क्षमत्ता विकास र तालीमका साथै कच्चा पदार्थको आवश्यकता रहेको उद्यमीहरुले बताएका छन् । सो भवनमा सामूहिक रुपमा कपडा बुनेर बिक्री गरी आयआर्जन गर्ने संघको योजना छ । यसअघि घर भाडामा लिएर सीप सिक्ने र सामान बनाउने गरेका उद्यमीलाई आफ्नै भवन बनेपछि सजिलो भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो