२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

महिलालाई दिइएका अधिकार कार्यान्वयनमा चुनौती

२०७४, ४ फाल्गुन शुक्रबार ०७:४६

फागुन ४, दाङ | जिल्लास्थित सञ्चारिका समूह र क्रियाशील पत्रकार महिला समूहले आज संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं ५ का निर्वाचितत महिला जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको छ । 

उक्त प्रदेशका उपस्थित १२ जिल्लाका महिला जनप्रतिनिधिले प्राप्त उपलब्धि र संविधानले प्रद्धत गरेको अधिकार कार्यान्वयन र निष्पक्ष न्याय सम्पादनमा आफूहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिए । 

उनीहरूले अझैसम्म कार्यविधि नबन्दा आफूहरुलाई न्याय सम्पादनमा अप्ठेरो परेकाले स्पष्ट कार्यविधि छिटो निर्माण गरी कार्य सम्पादनमा सहजता ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । 

तुलसीपुर उपमहानगरपालिकाका माया आचार्यले नेपालको संविधानले महिलालाई अधिकारसहितको राजनीतिक नेतृत्वमा आउने बसर उपलब्ध गराएकाले आफूहरुले यसलाई भरपुर उपयोग गर्ने बताउनुभयो । 

घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले संविधानले महिलालाई अधिकार दिए पनि कार्यान्वयन तहमा थुपै्र चुनौती रहेको छ भन्दै अझै पनि महिला र पुरुषबीचको असमानता विद्यमान रहेकाले यो असमानतालाई चिर्न जरुरी रहेको छ भन्नुभयो । 

अबको पाँच वर्षमा नेतृत्व तहमा आउनका लागि महिलामा आन्तरिक रुपान्तरणको खाँचो रहेको पनि उहाँले उल्लेख गर्नुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले स्थानीय तहमा संविधानले उपप्रमुखलाई बढी जिम्मेवारी दिए पनि प्रमुख र उपप्रमुखबीच सहकार्य हुन नसक्दा कार्यसम्पादनमा निकै चुनौती रहेको छ भन्दै उहाँले न्यायिक समितिलाई ऐन, नियमको अभावबमा कार्यसम्पादनमा समेत अप्ठेरो परेको समेत बताउनुभयो । स्थानीय तहका उपप्रमुखलाई न्याय सम्पादन गर्ने जिम्मेवारी बहन गर्न विभिन्न तालिमको आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार