“हाम्रो बारबर्दिया हाम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

“हाम्रो बारबर्दिया हाम्"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बारबर्दिया तथा जयनगर महोत्सवको आयोजना

४ फाल्गुन २०७४, शुक्रबार ०८:०७

फागुन ४, बर्दिया | बर्दियाको पहिचानका लागि प्रथम बारबर्दिया तथा जयनगर महोत्सव २०७४ आगामी फागुन ११ गतेदेखि सञ्चालन हुने भएको छ । 


“हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” नाराका साथ बर्दिया तथा बारबर्दिया नगरपालिकाको पहिचानका लागि महोत्सव सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । 

फागुन ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुने सो महोत्सवमा बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार, ऐतिहासिक बढैयाताल, गेरुवा नदीको पुलका साथै बारबर्दिया नगरपालिकाभित्र पर्ने ऐतिहासिक बारबर्दिया, सदाशिव मन्दिर, सत्खोलुवा ताल, रानीजरुवा, बुह्रानलगायत क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव सञ्चालन गरिरहेको महोत्सव मूलसमितिका संयोजक रामसोहन थारुले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि स्थल घेरबार, कक्ष निर्माण, मञ्च निर्माण करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै