“हाम्रो बारबर्दिया हाम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

“हाम्रो बारबर्दिया हाम्"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बारबर्दिया तथा जयनगर महोत्सवको आयोजना

२०७४, ४ फाल्गुन शुक्रबार ०८:०७

फागुन ४, बर्दिया | बर्दियाको पहिचानका लागि प्रथम बारबर्दिया तथा जयनगर महोत्सव २०७४ आगामी फागुन ११ गतेदेखि सञ्चालन हुने भएको छ । 


“हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” नाराका साथ बर्दिया तथा बारबर्दिया नगरपालिकाको पहिचानका लागि महोत्सव सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । 

फागुन ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुने सो महोत्सवमा बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार, ऐतिहासिक बढैयाताल, गेरुवा नदीको पुलका साथै बारबर्दिया नगरपालिकाभित्र पर्ने ऐतिहासिक बारबर्दिया, सदाशिव मन्दिर, सत्खोलुवा ताल, रानीजरुवा, बुह्रानलगायत क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव सञ्चालन गरिरहेको महोत्सव मूलसमितिका संयोजक रामसोहन थारुले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि स्थल घेरबार, कक्ष निर्माण, मञ्च निर्माण करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल