१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

द्वन्द्वकालमा विस्थापित सडक कार्यालय स्थापित भएन

४ फाल्गुन २०७४, शुक्रबार ०८:१०

फागुन ४, कपिलवस्तु | द्वन्द्वकालमा विस्थापित भएको कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित डिभिजन सडक कार्यालय अझै पुनःस्थापन हुनसकेको छैन । 

तालुकदार मन्त्रालयले कार्यालयलाई साविककै स्थानमा पुनःस्थापना गर्न निर्देशन दिए पनि बेवास्था गरिएकाले उक्त कार्यालय हालसम्म जिल्लाको गोरुसिंगेमा रहेको संपर्क कार्यालयबाटै सेवा प्रदान गर्दै आइरहेको छ । कागजपत्रमा शिवपुर लेखिए पनि काम भने गोरुसिंगेबाट भइरहेकाले कार्यालयको वैधानिकतामा समेत प्रश्न उठाएको स्थानीयवासी बताउँछन् । 

शिवपुरवासीले पटक÷पटक कार्यालयलाई शिवपुरमै पुनःस्थापन गर्न माग गर्दासमेत कुनै सुनुवाई नभएको स्थानीय कृष्ण थापाले बताउनुभयो । तत्कालीन विद्रोही नेकपा (माओवादी केन्द्र)ले ०५८ सालमा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय शिवपुरमा आक्रमण गरेकामा ठूलो क्षति नभए पनि असुरक्षाको कारण देखाउँदै गोरुसिंगेस्थित सेनाको क्याम्प नजिक कार्यालय सारिएको थियो । 

जिल्लादेखि केन्द्रसम्म पटक÷पटक धाउदासमेत कसैबाट पनि पुनःस्थापनका लागि ठोस पहल भएन, कर्मचारी अटेर गरेर गोरुसिंगेमा बसेका छन् हामीले भनेको कसैले मन्दैन शिव पाण्डेको भनाइ छ । 

पश्चिमाञ्चल सडक डिभिजन कार्यालय ५ नं इञ्जिजियर वीरेन्द्र कुँवरकाअनुसार गोरुसिंगेवासीको अवरोधका कारण कार्यालय सार्न कठिनाइ भइरहेको छ । मन्त्रालयबाट उक्त कार्यालय गोरुसिंगेबाट शिवपुर सार्न आदेश आइसकेको छ, तर ल्याउन नदिइएको इञ्जिनियर वीरेन्द्र कँुवरले बताउनभयो । गोरुसिंगेमा बसेर कार्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको उक्त कार्यालयका कर्मचारीले बताउँदै आएका छन् । 

नेपालमा शान्ति स्थापना भएको एकदशक बित्दा समेत शिवपुरस्थित सडक डिभिजन कार्यालय बेवारिसे भएको छ र करौडौंको भौतिक संरचना जीर्ण बनेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा