२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा जंगली जनावर र पक्षीको चोरी सिकार गर्ने क्रम बढ्दै

२०७४, ४ फाल्गुन शुक्रबार १३:५७

नन्द बहादुर रोकाया | फागुन ४, गमगढी | मुगु सहितका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै जंगली जनावर र पक्षीको चोरी सिकार गर्ने क्रम बढेको छ । 

हिउँमा फसेका मृगसहितका जनावर र चिसोले बेसी तिर झरेका पक्षीको सिकार गर्ने क्रम बढेको हो । हिमपात भएपछि जनावर तथा पंक्षीको सिकार गर्न सजिलो हुने भएकाले मुगु सहितका उच्च पहाडी जिल्लाका जंगली क्षेत्रमा सिकारका लागि जानेको संख्या बढेको बताईएको छ । 

मुगुमा धेरैजसो गाउँपालीका वन हरुमा बन्दुक, भाला, हसिँया, लाठी लगायतका घरेलु हतियार र सिकारी कुकुरसहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डाँफे, कालिज लगायत पक्षीको सिकार गर्ने गर्दछन । 

अहिले हिमाली भेगमा सिकारको सिजन सुरु भएको छ । मुगुका हिमाली क्षेत्र करानको लेख, चंखेली, मुर्मा रारा, कालामुल, घुच्ची लगायतका खत्याड र सोरुका उच्च भुभागहरुमा वनक्षेत्रमा सिकार गर्ने क्रम चलिरहेको छ ।सिकार गरेको डाँफे सदरमुकाम लगायतका आसपास क्षेत्रमा एउटाको २ हजार ५ सयदेखि ३ हजार ५ सय सम्ममा बिक्री हुने गरेको छ ।

यस्तै जंगली जनावर झारल, नाउर, रतुवाको मासु प्रतिकेजी १ हजारदेखि १५ सयसम्म बिक्री हुने गरेको छ । हिउँ परेपछि सिकार गर्ने क्रम बढेकाले जंगली जनावर तथा पक्षी संकटमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते