२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार

२०७४, ४ फाल्गुन शुक्रबार १४:००

चिसाङ शेर्पा | फागुन ४, खोटाङ | खोटाङको विभिन्न स्थानहरुमा बसोवास गर्ने शेर्पा समुदायले २१४५ औं स फो खिलो ग्याल्पो ल्होसार धुमधाका साथ मनाएका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुले छेव थांगबोमा घर–घरमा आफन्त, नातागोताहरु भेलाभई मान्यजनहरुबाट आर्शिबाद लिदै ल्होसार मनाएका हुन् ।

ल्होसारको शुरुदिनमा गुम्बामा पुजापाठ गरि छ्याल्दोक बनाई बाँडेर खाने र शुभकामना आदानप्रदान गर्न सकिने धार्मिक मान्यता रहेको रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका एनटी शेर्पाले बताए । राज्यले एकदिन ल्होसार मनाए पनि शेर्पा समुदायले १५ दिन मनाउने परम्परा रहेको उहाँले बताउनुभयो ।

गाउँमा धुमधामका साथ एकैदिन भव्यताका साथ ग्याल्पो ल्होसार मनाईएको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वडासदस्य ढकराज शेर्पाले बताए । नुनथला गैरीमा दुई ठाउँमा मिठामिठा परिकार, मान्यजनको हातबाट आर्शिबाद र नाचगानका साथमा ल्होसार मनाईएको शेर्पाले समयोजन खवरलाई बताए । यता नगरपालिकाको दिक्तेल मुढेमा भने झुठो परेकाले त्यहाँका शेर्पा समुदायले ल्होसार नमनाएको स्थानियले बताएका छन् ।

यस्तै, जिल्लाको खोटेहाङ गाउँपालिकाको बड्कादियाले, वाफलुखा तथा साकेला गाउँपालिकाको रतन्छा, खिदिमाका शेर्पा समुदायले उल्लासपुर्ण रुपमा ल्होसार मनाएका खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका स्थानिय मिनिका शेर्पाले बताउनुभयो । दिक्तेल, चिउरीडाडाँ, हलेसी, भुल्के, ऐसेलुखर्कका समुदायले समेत ल्होसार मनाएका छन् ।

शेर्पा समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । बिहानै उठेर धाराको पानी थाप्ने र देवीदेवतालाइ चढाएर साङसेरकेम गरेर पुण्य प्राप्ति हुने बिश्वासका साथमा प्रत्येक बर्ष शेर्पा समुदायले ल्होसार मनाउने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा