२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा छुट्टाछुट्टै तीन दुर्घटना: एकको मृत्यु, ५ जना घाइते

२०७४, ५ फाल्गुन शनिबार ०५:३९

फागुन ५, मोरङ । मोरङका तीन स्थानमा भएको सवारी दुर्घटनामा शुक्रबार एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बुढीगंगा गाउँपालिका–३ मा राति १० बजे भारतीय एनएल–०१–डि–२३६९ नम्बरको ट्रकले बा१०च ८२१७ नम्बरको कारलाई ठक्कर दिँदा कारमा रहेका सुनसरीको दुहबी नगरपालिका–४ का २५ वर्षीय प्रज्ज्वल दाहालको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका दुहबी ५ का २६ वर्षीय विकास भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यस्तै, बुढीगंगा गाउँपालिका ५ कोसी राजमार्गमा को २९ प ४१७१ र को ६ प ९५७५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।

दुवै मोटरसाइकलका चालक बुढीगंगा गाउँपालिका १ बस्ने ३५ वर्षीय विष्णु खड्का र सुनसरी दुहबी नगरपालिका ३ का २० वर्षीय जुबेल राई घाइते भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। दुवैको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

यसैगरी, विराटनगर महानगरपालिका–१९ मिलन चोकमा राति साढे १० बजे को ३२ प ८९९६ नम्बरको स्कुटर र ना २ प ९३९ नम्बरको मोटरसाइकल ठोक्किँदा स्कुटरमा सवार ग्रामथान गाउँपालिका–२ झोराहाटका २७ वर्षीय दिनेश तामाङ र ३५ वर्षीय मदन बिष्ट घाइते भएको प्रहरीले जनाएको छ। दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते