२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

विद्यालय संरक्षणमा जुटे स्थानीयबासिन्दा

२०७४, ६ फाल्गुन आईतवार ०६:०५

फागुन ६, पाल्पा | पाल्पा तानसेन नगरपालिकास्थित कुनसेर आधारभूत विद्यालयको संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् । 

लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीयबासिन्दाले पैसा संकलन गरी विद्यालय संरक्षणमा जुटेको स्थानीयवासी जीतबहादुर थापाले बताउनुभयो । 

स्थानीयबासिन्दाको घरघरमा गएर पैसा संकलन गरी विद्यालयलाई मर्मत सम्भार तथा रंगरोगन गरी सुन्दर बनाएको उहाँले बताउनुभयो । विद्यालयका तीन वटा भवन मर्मत सम्भार तथा रंगरोगन गरेपछि विद्यालय आकर्षक बनेको छ । 

स्थानीयबासिन्दाले रु ५० देखि रु एक हजार पाँच सयसम्म आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बस्यालले बताउनुभयो । सो विद्यालय आसपासका क्षेत्रमा १४६ घरपरिवारको बस्ती छ । विद्यालयमा ८२ जना विद्यार्थी अध्ययन गर्दै आएको प्रअ बस्यालले जानकारी दिनुभयो । 

विद्यार्थीहरु सफा र सुन्दर कक्षाकोठामा बसेर अध्ययन गर्न पाएपछि खुसी भएका छन् । पहिला जीर्ण र फोहोर कक्षा कोठामा बस्ने बालबालिका सफा र सुन्दर कक्षाकोठा बनेपछि नियमित विद्यालय आउन थालेको प्रअ बस्यालले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण