२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

आर्थिक पत्रकार समाज बाराको अध्यक्षमा श्रेष्ठ

२०७४, ६ फाल्गुन आईतवार ०९:३४

फागुन ६, कलैया | बाराको सदरमुकाम कलैयामा बसेको पत्रकारको एक भेलाले वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आर्थिक पत्रकार समाजको जिल्ला कार्य समिति गठन गरिएको छ । श्रेष्ठ रासस बाराका प्रतिनिधि हुनुहुन्छ । 

आज देवकीलाल धर्मशालामा बसेको पत्रकारको भेलाले सो समितिको सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रतीक दैनिकका रामेश्वर मेहता, सचिवमा साझेदारी दैनिकका प्रकाशक श्यामबाबु यादव, सहसचिवमा एभिन्युजका अजय साह र कोषाध्यक्षमा रेडियो नेपालका बारा समाचारदाता सिकेन्द्र पासवान चयन हुनुभएको छ । 

समितिको सदस्यमा कलैया टुडेका अप्सरा पुडासैनी, सागर विश्वकर्मा, बर्सात एफएमका अनिल पाण्डे, आरती शर्मा ठाकुर, विश्वास एफएमका शत्रुधन गुप्ता र अनिल गुप्ता चयन हुनुभएको हो । समितिको सल्लाहकारमा वरिष्ठ पत्रकार उमेशलाल दास, पत्रकार महासंघका पूर्वअध्यक्ष गुरुप्रसाद गौतम, लक्ष्मी साह, पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहता र पत्रकार पन्नालाल दास चयन हुनुभएको नवगठित संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

त्यसैगरी बैठकले कलैयामा आर्थिक पत्रकार समाजको कार्यालय सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी