२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा तामाका भाँडा बनाउने पेशा लोप हुँदै

६ फाल्गुन २०७४, आईतवार ०९:३९

कृष्ण दर्नाल / फागुन ६, पाल्पा | पाल्पा जिल्लाको ग्रामीण तथा शहरी क्षेत्रमा तामाका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । 

मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला, अगरा, थाललगायतका सामग्रीको उत्पादन हुन छाडेको हो । 

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८ बगनासका प्रेमसिंह विश्वकर्माका अनुसार पहिला गाउँमा सबैले तामाका भाँडा बनाउने गरे पनि अहिले तामाका भाँडा बनाउने मानिस नै भेटाउन मुस्किल छ । तामा महँगो हुनु, कच्चापदार्थ, कोइला लगायतका सामान र कामदारको अभावका कारण पछिल्ला वर्षमा परम्परागतरूपले तामाका भाँडा बनाउन कठिन हुँदै आएको छ । 

पाल्पाको बगनासमा ५० घरपरिवारको मुख्य पेशाका रुपमा रहेको तामाका भाँडा बनाउने आरन अहिले देख्नै मुस्किल भएपनि स्थानीय बासिन्दा प्रेमसिंहले मात्र अहिले एक्लै पेशा धान्दै आउनुभएको छ । पछिल्ला वर्ष सबैले यो पेशा छोडको स्थानीय बासिन्दा मनरुपा विश्वकर्माको भनाइ छ । पाल्पा जिल्लाको खालीवन, गल्धा, हुमिन, देवीनगर, झडेवा, रुप्से, कसेनी, यम्घा, चापपानी बगनास, खस्यौली, छहरा लगायतका स्थानमा तामाका भाँडा बनाउने गरे पनि पछिल्ला दश वर्षमा यस्ता भाँडा बनाउने आरनसमेत लोप हुँदै गएको दलित अधिकारका लागि साझा अभियानका जिल्ला अध्यक्ष विष्णु नेपाली बताउनुहुन्छ । 

सरकारले दलित समुदायका पुख्र्यौली सीपलाई आधुनिकीकरण गर्न बेवास्ता गर्दा दलित समुदाय यो पेशाबाट विस्थापित हुन बाध्य भए । तामाका भाँडामा पानी राखेर पिउँदा स्वास्थ्यलाई लाभ हुने भएकाले कतिपयले अझैपनि तामाको भाँडा प्रयोग गर्दै आए पनि पछिल्ला वर्ष सस्तो र हलुङ्गो हुने प्लाष्टिक लगायतका अन्य भाँडाका कारण यसको प्रयोग घटदै आएको हो । 

तामा भाडा बनाउन श्रमको बढी प्रयोग हुने भएकाले नयाँ पुस्ता पलायन हुँदै मजदुरीका लागि शहर तथा छिमेकी मुलुक भारतमा जानसमेत बाध्य भएका अधिकारकर्मी नेपाली उल्लेख गर्नुहुन्छ । 

विश्वकर्मा समुदायको प्रमुख पेशाका रुपमा रहेको यो पेशाबाट अहिले सिङ्गो समुदाय नै विस्थापित हुन बाध्य छ तर स्थानीय सरकारले दलित समुदायका परम्परात पेशालाई संरक्षण गर्नका लागि नयाँ कार्यक्रम ल्याउन आवश्यक भएको अर्का दलित अधिकारकर्मी खुमबहादुर विश्वकर्माको भनाइ छ । उहाँका अनुसार तामा, पित्तल, गिल्टी लगायतका भाँडा बनाउने आरनलाई व्यावसायिक बनाउन स्थानीय तहबाट पहल भए यस पेशाबाट सयौँ युवालाई रोजगार दिन सकिने सम्भावना छ तर सरकारको बेवास्ताका कारण दलित समुदायको यो पेशा लोप हुन लागेको हो । 

विवाहमा गाग्री ताउला दाइजो दिने परम्परा हटदै आएको र घरमा पानीका धारा जडान गरेपछि तामाका गाग्रीको उपयोग घटेको छ भने बिजुलीको तारका लागि तामा प्रयोग हुने भएकाले महँगो मूल्यमा कच्चा पदार्थ खरिद गर्नुपर्छ भने विक्री भने घटदै आएको स्थानीय प्रेमसिंह विश्वकर्माको भनाइ छ । 

सरकारले दलित समुदायको सशक्तीकरणका लागि स्थानीय निकायबाट बजेटको व्यवस्था गरेपनी यस्ता पुख्र्यौली पेशा संरक्षणमा ध्यान नदिएको यहाँका बुढापाकाको गुनासो छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा