प्रजातन्त्र दिवको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रजातन्त्र दिवको"/>

2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हुनैनाथ बाल विद्यालयको १५औं बार्षिकोत्सव सम्पन्न

भास्कर के.सी/फाल्गुन ७, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– २उल्टाखाम हुनैनाथ बाल विद्यालयको १५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । 

प्रजातन्त्र दिवको अवसरमा शहिदहरुमा सम्मान कार्यक्रम सहित बार्षिकोत्सव मनाइएको हो । उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक भुपेन्द्र सिह धामीलेगर्नु भएको थियो । विद्यार्थीहरुले विभिन्न विद्यामा आफ्ना प्रतिभाहरु गीत संगीत, नाचहरु प्रस्तुत गरेका थिए । 

त्यसैगरी विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत शिक्षकहरुलाई सम्मान गरियो सम्मान पाउनेमा भुवन प्रसाद जोशी, दुर्गा दत्त कलौनी र अमर सिहं डोबाल लाई जिशिकाका शाखा अधिकृत राम दत्त जोशी र प्रिन्सीपल गंगादत्त भट्टले प्रमाण पत्र प्रदान गरी सम्मानित गर्नु भएको थियो । 

कार्यक्रम व्यवस्थापनमा शिक्षक शिक्षिका राम दत्त भट्ट, राजेन्द्र भट्ट, कलावती जोशी भट्ट लगायतले गर्नु भएको थियो । विद्यालयका प्रिन्सीपलले विद्यालयको गतिविधि सहित आगामी कार्यक्रमको योजना प्रस्तुत गुर्न भएको थियो ।

विद्यालय व्यवस्थापन अध्यक्ष दान सिहं खडायतको सभापतित्व भएको उक्त कार्यक्रममा जि.शि.का कञ्चनपुर शाखा अधिकृति राम दत्त जाशीको प्रमुख आतिथित्य रहेको थियो भने विशिष्ट आतिथित्यमा  सरस्वति उ. मा. वि. उल्टाखामका साहायक प्रधानाध्यापक नवराजपन्त र अतिथिमा  सरस्वती उ.मा.वि.का शिक्षक लक्ष्मण जोशी रहनुभएको थियो । 

कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रिन्सीपल दर्गा दत्त कलौनीले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ