३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मुख्य मन्त्री पोख्रेलद्वारा कपिलवस्तुका विभिन्न पर्यटकीयस्थलको अवलोकन

८ फाल्गुन २०७४, मंगलवार ११:२९

फागुन ८, कपिलवस्तु | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आज यहाँका विभिन्न पर्यटकीयस्थल अवलोकन गर्नुभएको छ । 

ऐतिहासिक तिलौराकोट दरबार, निगलीहवा, निगालीकोट, राजापानी, जगदीशपुर ताललगायतका ठाउँ अवलोकन गर्नुभएका उहाँले यस जिल्लाको गुरुयोजना बनाएर संवृद्धितर्फ लैजान आफू प्रतिबद्ध भएको धारणा राख्नुभयो । 

कपिलवस्तु संस्कृतिक हिसाबले धनी र पुरातात्विक हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ । नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विकस्थल यही भएकाले पनि यहाँको दिगो विकासमा लाग्नुपर्ने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । 

उहाँले भन्नुभयो, “मुलुकको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने सम्भावना भएको यस क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउन सकिन्छ ।” 

पुरातत्व विभाग, बेलायतको दूरहाम विश्वविद्यालय र लुम्बिनी विकास कोष युनेस्को जापानीज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा करिब तीन वर्षदेखि उत्खनन गरिरहेको तिलौराकोट दरबार अवलोकन पछि मुख्यमन्त्री पोख्रेलले उत्खननमा हालसम्म भएको प्रगति र उपलब्धिका बारेमा समेत जानकारी लिनुभएको उत्खनन, अन्वेषण तथा अनुसन्धान कार्यक्रमका सहनिर्देशक रविन कनिङ्घाम र पुरातत्व विभागका पूर्व निर्देशक कोषप्रसाद आचार्यले जानकारी दिनुभयो । 

यसैगरी तिलौराकोट नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालय कपिलवस्तु नगरपालिका–९ जगदीशपुरमा १५७ हेक्टर क्षेत्रफलमा रामसार सूचीमा सूचीकृत मानवनिर्मित नेपालकै सबैभन्दा ठूलो जगदीशपुर ताल पनि अवलोकन गरिएको थियो 

भ्रमण टोलीमा यस जिल्लाका प्रतिनिधिसभा तथा प्रदेश सांसदहरुको पनि सहभागिता रहेको थियो । हाल पश्चिम क्षेत्रको प्रदेश नं ५ मा पर्ने कपिलवस्तु जिल्लाको क्षेत्रफल ६७१ किमी छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै