२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा जडीबुटी संकलनमा प्रतिबन्ध

२०७४, ९ फाल्गुन बुधबार ०७:४१

फागुन ९, बाजुरा | बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ । 

गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताउनुभयो । उहाँले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाइने थापाले बताउनुभयो । 

पहिलो गाउँसभाबाट गरिएका विनियोजित बजेट तथा योजना कार्यान्वयन गर्नेसमेत पारित गरिएको अधिकृत थापाले बताउनुभयो । गाउँपालिकाले गाउँ कार्यपालिकाले पास गरेका निर्णय अनुमोदन गरेको छ । 

सभाले चालू आर्थिक वर्ष २०७४÷७५ र आगामी आव २०७५÷७६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो । 

उहाँले सम्मेलनमा गाउँ कार्यपालिकाले पास गरेका विभिन्न ऐन, नियमावली कार्यविधि अनुमोदन, गाउँपालिकामा वित्तीय सेवाको नाममा सेवा दिइरहेका वित्तीय संस्था र बैंकलाई प्रतिबन्ध गर्ने, मदिरा व्यवसायलाई व्यवस्थित पार्ने, घुम्ती व्यापारीलाई प्रतिबन्ध लगाउने, न्यायिक समिति गठन गर्ने, सरकारी बाँझो जग्गा गाउँपालिकाले उपयोग गर्नेलगायतका १४ वटा निर्णय सर्वसहमतिका आधारमा पारित गरिएको छ । 

गाउँपालिका उपाध्यक्ष सीता थापाले गाउँपालिलाई आत्मनिर्भर र समृद्धि बनाउका लागि सबैको सहयोग आवश्यक हुने बताउनुभयो । 

यसैगरी दोस्रो गाउँसभाबाट शिक्षा ऐन, प्रमाणीकरण कार्यविधि नियमावली, एफएम रेडियो सञ्चालन कार्यविधि कानून, बजार अनुगमन निर्देशिका, कृषि व्यवसाय प्रवद्र्धन ऐन, युवा स्वरोजगार तथा साना व्यवसायी धुम्ती कोष निर्देशिका, आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको कानून, छात्रवृत्ति वितरण तथा परिचालन निर्देशिका, सहकारी ऐन स्थानीय न्यायिक समितिको कार्यसम्पादन नियमावली, स्थानीय सेवा करार ऐन, २०७४ गरी ११ वटा ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो । 

रोकायाका अनुसार गाउँपालिका उपाध्यक्ष सीता थापाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ । समितिमा बलबहादुर रोकाया र कलकबहादुर सिंह सदस्य रहेको अध्यक्षको भनाइ रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला