२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आगोलागीमा जलेकी सार्कीको मोडल्स अस्पताल किर्तिपुरमा उपचार हुँदै, छाला फेर्नुपर्ने

९ फाल्गुन २०७४, बुधबार १५:५५

चिसाङ शेर्पा | फागुन ९, खोटाङ | आगोलागीमा परेर गम्भीर घाईते भएकी खोटाङकी रत्नमाया सार्कीको राजधानीस्थित मोडल्स अस्पताल किर्तिपुरमा उपचार भईरहेको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी सार्कीको केएमसी अस्पतालमा उपचार हुन नसकेपछी मोडल्स अस्पताल काठमाण्डौमा उपचार भईरहेको हो ।

बुधबार बिहान आफ्नै घरमा भएको आगलागीमा परी कम्मरमुनीको भाग जलेर शक्त घाईते भएकी सार्कीको स्थानिय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछी रावाबेंशी गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी, सामुदायिक बन, नेवार गुठी, दलित कोष र ब्यक्ति/ब्यक्तिको सहयोगमा संकलित रकमले हेलीकोप्टर चार्टर गरेर दिउँसो साँडे १ बजे काठमाण्डौं पठाइएको थियो ।

काठ चिर्ने मेसिनमा पेट्रोल हाल्नेक्रममा नजिकै रहेको केटाकेटीले पारेको लाईटरको आगोले घरभित्रै बसेर उपकरणमा पेट्रोल हालिरहेको बेला सल्किएको आगोले धन बहादुर सार्कीको श्रीमती रत्नमाया सबैभन्दा बढी डढेकी थिईन् । कटनका कपडा भएको र काठ चिर्ने मेसिन पड्केर उनैलाई लागेको र अतालिदै दौडिएकाले अत्याधिक डढेको थियो । आगोले रत्नमायाँको अनुहार बाहेक शरीरका अधिकांश भाग डढेको छ । उनका संवेदनसिल अंगमा समेत अशर पुगेकाले अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्नुपरेको थियो ।


अग्नी पीडितका लागि तत्काल सहयोग रकम संकलन गरी १ लाख ७० हजारमा चार्टर गरीएको हेलीकोप्टरलाई लामिडाडाँ विमानस्थलमा १ लाख २० हजार दिएको र अग्नी पिडित रत्नमायाको श्रीमान धन बहादुरलाई उपचार खर्च स्वरुप २६ हजार नगद दिईएकोे रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । पालिका प्रमुख निरौलाका अनुसार पिडितका लागि सहयोग संकलन भईरहेको छ । 

हेलिकोप्टर मार्फत अग्नी पिडित श्रीमान, श्रीमती र छिमेकी एकराज सार्की काठमाण्डौ गएका छन् । छिमेकी एकराज सार्कीका अनुसार अस्पतालले रत्नमायाको घाँटी र कम्मरमुनीको भागको अपरेशन मार्फत छाला फेर्नुपर्ने भएको छ । ४ जनाले छाला दिनुपर्ने अथवा वाहिरबाट झिकाउनुपर्ने अवस्था भएको छ । उनले भने, ‘छाला दिने मान्छे पनि छैन, पैसा पनि छैन, कसरी मान्छे बचाउने, अस्पतालले भोली बिहानसम्म निर्णय मागेको छ ।’ छाला दिन नसकिए खुट्टा सुकेर जाने तथा मृगौलामा समस्या हुन र मान्छे बचाउन मुस्किल हुने अस्पतालले जनाएको  छ । आगोले रत्नमायाको श्रीमान धन बहादुरको घुंडाभन्दा तलको भाग जलेको छ ।

आगलागीमा सार्कीको सुन, चाँदी, नगद लगायत जल्दा १२ लाख ५६ हजार क्षती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै