२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

२०७४, १० फाल्गुन बिहीबार ०६:४०

कविता उपाध्याय / फागुन १०, रोल्पा | साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षौदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ । 

टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि उहाँलाई पेशा सम्हाल्नै हम्मे हम्मे परेको छ । गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्दा उहाँको स्वास्थ्यमा सुधार आएको छैन । चिकित्सकले क्षयरोग लागेको हुनसक्ने भनेपछि उहाँ थप चिन्तित बन्नुभएको छ । 

यसरी बिरामी परेका सुनारको स्वास्थ्यमा समस्या बढेसँगै पेशा नै रोकिने हो कि भन्ने चिन्ताले उहाँलाई पिरोल्न थालेको छ । “कोइला पोल्न जानुपर्छ, फलाम चाहिन्छ । खुकरी बनाउने पेशा सजिलो छैन । तर रोजीरोटीका लागि यही पेशा नगरी सुख छैन,” उहाँले भन्नुभयो । 

सुनारका क्रमशः २२ वर्ष, १९ वर्ष, १६ वर्ष, ११, वर्ष, ९ वर्ष र ८ वर्षका गरी ६ सन्तान छन् जसमध्ये माथिका दुई छोरी र एक छोराले १४÷१५ वर्षकै उमेरमा प्रेम विवाह गरेर हिँडिसकेका छन् भने दुई छोरी १५÷१६ वर्षकै उमेरमा आमा बनिसकेका छन् । 

आफूले सानैमा आमाबाबुको मृत्यु भएका कारण पढ्न नपाए पनि छोराछोरीलाई ऋण काडेरै भए पनि पढाउने उहाँको तीव्र चाहना थियो । तर छोराछोरी बिहे गर्दै जाँदै गर्नुले उहाँको सपना साकार हुन सकिरहेको छैन । जिल्लामा बालविवाह अन्त्यका लागि अभियान चले पनि यस्ले कुनै असर नपारेको उहाँको गुनासो छ । हाल घरमा भएका सन्तानले पनि यसैगरी पढाइ छोडेर बिहे गर्लान् कि भन्ने चिन्ताले उहाँलाई दिनरात पिरोल्न थालेको छ । “यिनै छोराछोरी पढाएर आँखा देखाउन पाए बूढेसकालमा सहारा बन्लान् भन्ने लागेको तर फटाफट पोइल हिँडेर सकिन लागे,” उहाँले दिक्क मान्दै भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश