फागुन ११, बर्दिया । बर्दियामा फरुवाले हानेर आफ्नै दाइले बहिनीको हत्या गरेका छन् ।

सुतिरहेको अवस्थामा फरुवाले हिर्काउँदा बारबर्दिया नगरपालिका – ३ बेलवाबज्जाकी १५ वर्षीया सावित्री थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शुक्रबार विहान ३ बजेतिर आफ्नै दाई नाता पर्ने १७ वर्षीय श्यामलाल थारुले फरुवाले हिर्काउँदा घाइते भएकी सावित्रीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घटनामा संलग्न रहेका श्यामलाल थारुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बर्दियामा फरुवाले हानेर दाइले गरे बहिनीको हत्या