२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

आइसिपीको मूलढोकामा धर्ना, निर्माण कार्य प्रभावित

२०७४, ११ फाल्गुन शुक्रबार ०८:२९

फागुन ११, वीरगञ्ज | पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं २० अलौमा उद्घाटनको संघारमा रहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) अगाडि मुआब्जापीडितले १५ दिनदेखि धर्ना दिँदा निर्माण कार्य प्रभावित भएको छ । 

आइसिपी नेपाल मुआब्जापीडित ३४६ घरपरिवारले ११० बिघा खेतीयोग्य जग्गाको मुआब्जा माग गर्दै विगत १५ दिनदेखि धर्ना दिँदै आएका छन् । नेपाल र भारतका सरकारी संयुक्त टोलीले २०६७ असोज १ गते प्रस्तुत गरेको प्रतिवेदनअनुसार सरकारले हालसम्म पीडित किसानलाई मुआब्जा उपलब्ध नगराउँदा सोको विरोधमा आन्दोलनमा उत्रेको संघर्ष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले राससलाई बताउनुभयो । 

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहसँग जिज्ञासा राख्दा आइसिपीको मूलढोका बाहिर आन्दोलनकारीले धर्ना दिए पनि भित्रचाहिँ काम भइरहेको र यस सम्बन्धमा माथिल्लो निकायलाई जानकारी गराइसकिएको बताउनुभयो । 

भारत सरकारको रु एक अर्ब ३९ करोडको लागतमा सन् २०११ देखि निर्माण शुरु भएको सो आसिपीको काम भारततर्फ सम्पन्न भए पनि नेपालतर्फ भने ९८ प्रतिशत काम पूरा भएको छ । नेपालतर्फका आइसिपी निर्माण गरिरहेको भारतीय परामर्श दाता राइट्स कम्पनी लि आइसिपीको निर्माण कार्य लगभग सम्पन्न अवस्थामा रहेकाले निकट भविष्यमै सञ्चालनमा आउने जनाउको छ । 

आइसिपी निर्माण कार्य लगभग पूरा भए पनि सुख्खा बन्दरगाहदेखि आइसिपीसम्म करिब सात मिटर सडक विस्तार भने हुन सकेको छैन । यसका लागि नेपाल सरकारले अर्थमन्त्रालयमार्फत रु ९० करोडमध्ये रु ३० करोड विनियोजित गरिसकेको छ । 

नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत आइसिपी उद्घाटनको कार्यक्रम बनाएर भारत पठाउने तयारीमा रहेकाले चाँडै नै आइसिपी सञ्चालनमा आउने विश्वास उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला