२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका अध्यक्ष तुलाराम पाण्डेलाई कान्तिपुर प्रोत्साहन पुरस्कार

११ फाल्गुन २०७४, शुक्रबार १५:५८

फागुन ११, कालीकोट | कान्तिपुर दैनिकका उपसम्पादक एवं नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले यस वर्षको कान्तिपुर प्रोत्साहन पुरस्कार पाएका छन् । 

कालिकोटमा रहेर १८ वर्षदेखि पत्रकारिता गरिरहेका पाण्डेलाई उत्कृष्ट समाचार लेखे वापत कान्तिपुर पब्लिकेशन्सको २५ औं वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा यस वर्षको कान्तिपुर प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । पाण्डे मध्यपश्चिम ब्यूरोअन्र्तगत भेरी कर्णाली र राप्तीको तर्फबाट छनोट भइ फागुन ७ गते कान्तिपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाबाट पुरस्कृत भएका हुन् ।


खाँडाचक्र ३ ताडी निवासी पाण्डले यसअघि सशस्त्र द्वन्द्वमा जोखिम उठाएर पत्रकारिता गरेवापत यदु स्मृति पत्रकारिता पुरस्कार, दलितको पक्षमा कलम चलाए वापत जागरण मिडिया सेन्टरवाट स्थापित सुवास दर्नाल पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघद्धारा स्थापित गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार र राष्ट्रिय सरसफाई पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेका छन् । पाण्डे १८ वर्षदेखि कालिकोटमा रहेर पत्रकारिता र समाज सेवाको क्षेत्रमा क्रियाशील छन् ।

माथिको तश्विरमा: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवम् प्रवन्ध निर्देशक कैलाश सिरोहियाबाट काठमाडौमा पुरस्कार ग्रहण गर्दै कान्तिपुर उपसम्पादक तुलाराम पाण्डे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य