२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा लोकवार्ता विज्ञान विषय पढाउने तयारी

२०७४, ११ फाल्गुन शुक्रबार १६:०९

फागुन ११, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आगामी शैक्षिक सत्रदेखि मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत लोकवार्ता विज्ञान विषय अध्यापन गराउने तयारी थालेको छ । वीरेन्द्रनगरमा शुक्रबारदेखि शुरु भएको लोकवार्ता विज्ञान अध्ययन अध्यापनको महत्व र औचित्य विषयक दुई दिने गोष्ठीमा बोल्दै मानविकी संकायका डिन खोपीराम लम्सालले यसका लागि तयारी भई रहेको जानकारी दिए ।

उनले मानविकी संकायतर्फ एमफीलका कार्यक्रम संचालन गर्न आधारहरु तयार गर्न र यो प्रदेशको भाषा, संस्कृति संरक्षणका लागि विश्वविद्यालयले गर्न सक्ने कामका लागि सुझाव सल्लाह संकलनका लागि गोष्ठी आयोजना गरेको बताए । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै ६ नम्बर प्रदेश प्रमुख दुर्गा केशर खनालले प्रदेशको समृद्धिसँग सम्बन्धित पाठ्यक्रम निर्माण गर्न आवश्यक रहेको बताए । उनले वन, विज्ञान, कला साहित्यको हिसाबले यो प्रदेश धनी भएकाले सोहीअनुसार व्यक्ति उत्पादन गर्ने कर्तव्य विश्वविद्यालयको भएको बताए ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डाक्टर महेन्द्र मल्लले प्रदेशका सम्भावनालाई सदुपयोग गरी समृद्ध प्रदेश निर्माण गर्ने दक्ष जनशक्ति उत्पादनका लागि आफुहरुले मास्टर प्लान बनाएर मुख्यमन्त्री समक्ष पेश गर्ने तयारी गरेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते