२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

खाँदवारी–किमाथाङ्क सडक दुई बर्ष भित्रमा संचालन हुन्छ: उपप्रधानमन्त्री

२२ मंसिर २०७२, मंगलवार ००:५०

योगेन्द् जोगी/मङ्सिर २२, संखुवासभा । किमाथाङ्का नाका संचालनको विषयलाई
लिएर सरकारी टालीले सोमबार किमाथाङ्का क्षेत्रको अनुगमनमा गरेका छन ।

उपप्रधान भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिजयकुमार गच्छदार, उपप्रधान तथा उर्जा मन्त्री
तोपबहादुर रायमाझी, अर्थ मन्त्री विष्णु पौडेल लगायतको टोलीले किमाथाङ्का क्षेत्रको अवलोकन गरेका हुन्

अवलोकन पश्चात संखुवासभा सदरमुकाम खाँदबारीमा आयोजना गरिएको
कार्यक्रममा खाँदवारी–किमाथाङ्क सडक दुई बर्ष भित्रमा संचालन हुने टोलीले बताएका छन् । उक्त कार्यक्रममा
जिल्लाका राजनितीक दलहरुले संयुक्त रुपमा मागपत्र समेत नेपाल सरकारलाई बुझाएका छन् ।

मागपत्र मार्फत किमाथाङ्का–बिराटनगर सडक संचालन, सखुवासभा–भोजपुर विचको
लम्सुवाघाटको पुल निर्माण र तुम्लिङटार–चतरा सडक निर्माणको माग राखेका हुन् । नेपालमा विकासमा समेत
राजनीती हुने भएकोले कुन विकासले गति लिन नसकेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । ‘यो भन्दा अघि
हरेक क्षेत्रमा हामीले राजनिती गरेको र त्यसको उपलब्धीबाट पाठ सिकेर अघि बढनु पर्ने उनको भनाई थियो

साथै जति सक्दो चाँडो सडक निर्माको लागि बजेट अभाव हुन नदिने
प्रतिबद्धता ब्यक्त गरे । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले अघिल्लो सरकार जस्तो यस पटकको
सरकारले बोल्ने र छोड्ने काम नगर्ने भएकोले भनिएकै समय भित्र सडक निर्माण गरिने बताए ।

अघिल्लो अनुभवहरुमा ठेकेदारहरुले समयमा काम नगर्ने समस्या रहेकोमा अव बेलैमा
काम नगर्ने ठेकेदारलाई छोडेर निर्धारित समयमा काम गर्ने ठेकेदारलाई काम लगाउनु पर्ने समेतउनले बताए ।
नेपाल पुर्वाधार विकासमा निक्कै पछि परेकोले अव फाष्ट ट्रयाकबाट निर्माण गरिनुपर्ने मन्त्री रायमाझीले
बताए ।

उनले बाटो खोल्नको लागि किमाथाङका र खादबारी दुबै तर्फ
बाट सुरुवात गर्नुपर्ने उल्लेख गरे । किमाथाङ्का–बिराटनगर मोटरबाटो संचालन हुनु केहि जिल्लाको लागि
मात्र नभएर देशकै लागि अत्यन्त महत्वपुर्ण भएकोले सरकारले उच्च प्राथमिकतामा राखेको उपप्रधान तथा भौतिक
पुर्वाधार तथा यातायात मन्त्री बिजयकुमार गच्छदारले बताए ।

संखुवासभाका स्थानीयले राखेका तीन मागहरु पुर्ण रुपमा पुरा हुने प्रस्ट पारे । त्यस्तै उनले
बिराटनगर–किमाथाङ्का सडक निर्माण दुई बर्ष भित्र संचालन हुने कुरा प्रधानमन्त्रीले समेत ब्यक्त गरिसकेको
बताउदै २ बर्ष भित्रमा बिराट नगर किमाथाङका जोडिनु पर्नेमा जोड दिनु दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस