२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट: किशोरी बेच्ने अपराधी ३३ वर्षपछि पक्राउ

२०७४, १२ फाल्गुन शनिबार ०४:५४

फागुन १२, नुवाकोट । मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन । 

उनन्साठी वर्षीय तामाङलाई काठमाडाै‌को तीनचुलेबाट बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

गाउँकै एक किशोरीलाई भारतमा लगी बिक्री गरेको अभियोगमा विसं २०४१ चैत १४ गते अदालतबाट दोषी ठहर भई १० वर्षको कैद फैसला गरिएका साविक तलाखु गाविस–२ घर भएका तामाङ त्यसपछि फरार रहँदै आएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानीका लागि कारागार चलान गरेको छ । 

नुवाकोट प्रहरीले गत माघ २८ देखि न्यायालयबाट दोषी ठहर तथा फरार रहेका अभियुक्त खोजी गर्न ‘विशेष अभियान’शुरु गरेपछि १ सय ३४ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख कुँवरका अनुसार पक्राउ परेका व्यक्तिबाट रु चार लाख ५२ हजार जरिवाना असुल भएको र ४५ वर्ष ११ महिना १२ दिनको कैद सजाय लगत कट्टा भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते