प्रभात सुवेदी । फागुन १२, बर्दिया ।

गुलरिया नगरपालिका वडा नं. ६ पुरानो गाविस टोल निवासी ५६ वर्षिय छन्दन कुरेसीले हात्तीपाइलेको औषधि अहिलेसम्म खानुभएको थिएन । यसको प्रयोग, फाइदा तथा हानीका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन १२, बर्दिया ।

गुलरिया नगरपालिका वडा नं. ६ पुरानो गाविस टोल निवासी ५६ वर्षिय छन्दन कुरेसीले हात्तीपाइलेको औषधि अहिलेसम्म खानुभएको थिएन । यसको प्रयोग, फाइदा तथा हानीका"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सहजीकरणपछि जुरुक्क उठेर छन्दनले खाएपछि ..!

२०७४, १२ फाल्गुन शनिबार ०६:१८

प्रभात सुवेदी । फागुन १२, बर्दिया ।

गुलरिया नगरपालिका वडा नं. ६ पुरानो गाविस टोल निवासी ५६ वर्षिय छन्दन कुरेसीले हात्तीपाइलेको औषधि अहिलेसम्म खानुभएको थिएन । यसको प्रयोग, फाइदा तथा हानीका बारेमा जानकारी नपाएका कारण वहाँले आजसम्म औषधि नखानुभएको रहेछ । तर अनुगमनका लागि गएका स्वास्थ्यकर्मीहरुबाट आवश्यक सहजीकरण भएपछि बसिरहेको ठाउँबाट जुरुक्क उठेर औषधि खान जानुभयो र हातमा औषधिहरु लिँदै मुखमा राखेर पानीको बोत्तल खोल्दै घुटुघुटु निल्लुभयो ।

खासगरी हात्तिपाइलेको औषधि र यसको सेवनका सन्दर्भमा आम जनमानसमा फाइदा तथा यसको महत्वका बारेमा सन्देश प्रवाह हुन नसक्दा औषधि खान अझै पनि हिच्किचाइरहेको अवस्थामा भने यसपालि औषधि सेवन गराउनका लागि फरक रणनीति अपनाइएको छ ।

स्वास्थ्यकर्मीहरुको प्रतक्ष्य निगरानीमा नै औषधि खुवाउने व्यवस्था गरिएपछि अत्यन्तै नगण्य मात्रामा औषधि खाएका मुस्लिम समुदायमा पनि यसपटक आशातित सफलता प्राप्त हुने जिल्ला जनस्वास्थ्य कार्यालय तथा कार्यक्रमका फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो । वहाँले गुलरिया नगरपालिका वडा नं. ६ मा रहेको पुरानो गाविस टोलामा नै औषधि खानुहुँदै उक्त कुरा बताउनुभएको हो ।

मुस्लिम समुदायमा औषधि खानका लागि हिच्किचाएपछि जिल्लाबाट नै विशेष रुपमा यस समुदायमा नै केन्द्रित गरी जिल्ला जनस्वास्थ्य कार्यालयमा २५ जनालाई अभिमुखीकरण गरिएको र अभिमुखीकरणमा सहभागी हुनुभएका गफ्फार राइन र जाहिदा राइनले यस केन्द्रमा औषधि खाएर शुरुवात गर्नुभएको हो । साथै वहाँहरुले आफ्ना समुदायमा हात्तीपाइलेको औषधि सबैलाई खुवाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको अधिकृत चौधरीलेयसअघि बर्दिया जिल्ला अस्पतालमा केन्द्र स्थापना गरी औषधि खुवाउने कार्यक्रम राखिएकोमा जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले औषधि खाएर उद्घाटन गर्नुभएको हो । साथै कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी, सहायक प्रहरी उपरीक्षक, महिला विकास अधिकृत, जनस्वास्थ्य प्रमुख, लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरु, पत्रकारहरुलाई प्रतक्ष्य निगरानीमा औषधि सेवन गराइएको थियो । 


आजै जिल्लाको विभिन्न स्थानहरुमा औषधि खुवाइने कार्यक्रमको अनुगमन गरीने र जनप्रतिनिधीहरुमार्फतबाट पनि अभियान सफल पार्नका लागि सहयोगका लागि आह्वान गरिने फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला