प्रभात सुवेदी । फागुन १२, बर्दिया ।

गुलरिया नगरपालिका वडा नं. ६ पुरानो गाविस टोल निवासी ५६ वर्षिय छन्दन कुरेसीले हात्तीपाइलेको औषधि अहिलेसम्म खानुभएको थिएन । यसको प्रयोग, फाइदा तथा हानीका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन १२, बर्दिया ।

गुलरिया नगरपालिका वडा नं. ६ पुरानो गाविस टोल निवासी ५६ वर्षिय छन्दन कुरेसीले हात्तीपाइलेको औषधि अहिलेसम्म खानुभएको थिएन । यसको प्रयोग, फाइदा तथा हानीका"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सहजीकरणपछि जुरुक्क उठेर छन्दनले खाएपछि ..!

१२ फाल्गुन २०७४, शनिबार ०६:१८

प्रभात सुवेदी । फागुन १२, बर्दिया ।

गुलरिया नगरपालिका वडा नं. ६ पुरानो गाविस टोल निवासी ५६ वर्षिय छन्दन कुरेसीले हात्तीपाइलेको औषधि अहिलेसम्म खानुभएको थिएन । यसको प्रयोग, फाइदा तथा हानीका बारेमा जानकारी नपाएका कारण वहाँले आजसम्म औषधि नखानुभएको रहेछ । तर अनुगमनका लागि गएका स्वास्थ्यकर्मीहरुबाट आवश्यक सहजीकरण भएपछि बसिरहेको ठाउँबाट जुरुक्क उठेर औषधि खान जानुभयो र हातमा औषधिहरु लिँदै मुखमा राखेर पानीको बोत्तल खोल्दै घुटुघुटु निल्लुभयो ।

खासगरी हात्तिपाइलेको औषधि र यसको सेवनका सन्दर्भमा आम जनमानसमा फाइदा तथा यसको महत्वका बारेमा सन्देश प्रवाह हुन नसक्दा औषधि खान अझै पनि हिच्किचाइरहेको अवस्थामा भने यसपालि औषधि सेवन गराउनका लागि फरक रणनीति अपनाइएको छ ।

स्वास्थ्यकर्मीहरुको प्रतक्ष्य निगरानीमा नै औषधि खुवाउने व्यवस्था गरिएपछि अत्यन्तै नगण्य मात्रामा औषधि खाएका मुस्लिम समुदायमा पनि यसपटक आशातित सफलता प्राप्त हुने जिल्ला जनस्वास्थ्य कार्यालय तथा कार्यक्रमका फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो । वहाँले गुलरिया नगरपालिका वडा नं. ६ मा रहेको पुरानो गाविस टोलामा नै औषधि खानुहुँदै उक्त कुरा बताउनुभएको हो ।

मुस्लिम समुदायमा औषधि खानका लागि हिच्किचाएपछि जिल्लाबाट नै विशेष रुपमा यस समुदायमा नै केन्द्रित गरी जिल्ला जनस्वास्थ्य कार्यालयमा २५ जनालाई अभिमुखीकरण गरिएको र अभिमुखीकरणमा सहभागी हुनुभएका गफ्फार राइन र जाहिदा राइनले यस केन्द्रमा औषधि खाएर शुरुवात गर्नुभएको हो । साथै वहाँहरुले आफ्ना समुदायमा हात्तीपाइलेको औषधि सबैलाई खुवाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको अधिकृत चौधरीलेयसअघि बर्दिया जिल्ला अस्पतालमा केन्द्र स्थापना गरी औषधि खुवाउने कार्यक्रम राखिएकोमा जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले औषधि खाएर उद्घाटन गर्नुभएको हो । साथै कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी, सहायक प्रहरी उपरीक्षक, महिला विकास अधिकृत, जनस्वास्थ्य प्रमुख, लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरु, पत्रकारहरुलाई प्रतक्ष्य निगरानीमा औषधि सेवन गराइएको थियो । 


आजै जिल्लाको विभिन्न स्थानहरुमा औषधि खुवाइने कार्यक्रमको अनुगमन गरीने र जनप्रतिनिधीहरुमार्फतबाट पनि अभियान सफल पार्नका लागि सहयोगका लागि आह्वान गरिने फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै