२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विपन्न परिवारका पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा

२०७४, १३ फाल्गुन आईतवार ०३:५०

फागुन १३, डडेल्धुरा (रासस) | डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको छ । 

प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकालाई गाउँपालिकाको लगानीमा विभिन्न प्राविधिक शिक्षा अध्ययन गर्नका लागि सहयोग पुर्याउने भागेश्वर गाउँपालिका अध्यक्ष कौशीकुमारी भट्टले जानकारी गराउनुभयो । 

हरेक वर्ष गाउँपालिकाका उत्कृष्ट दुई र दलित, जनजाती र महिला कोटाबाट गरी पाँच जना बालबालिकालाई प्राविधिक शिक्षा अध्ययन गराउनका लागि गाउँपालिकाले लगानी गर्ने निर्णय गरेको अध्यक्ष भट्टको भनाइ रहेको छ । विपन्न परिवारका मानिसले २१औँ शताब्दीमा पनि आफ्ना बालबालिकाको इच्छा हुँदाहुँदै पनि गरिबीका कारण प्राविधिक शिक्षा अध्ययन गराउन नसकेको अवस्थामा गाउँपालिकाले पहिलो पटक उत्कृष्ट जेहेन्दार विपन्न परिवारका विद्यार्थीलाई करिब रु १० लाखको लगानी गरी उक्त शिक्षा पढाउनमा सहयोग गर्ने भागेश्वर गाउँपालिकाले राससलाई बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू