२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटको राडीपाखी व्यवसाय धरासायी बन्दै

२०७४, १३ फाल्गुन आईतवार ०६:००

फागुन १३, जाजरकोट। बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे। उहाँलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो। आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । 

उहाँ मात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय संकटमा पर्दै गएको छ। आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा उनीहरूको व्यवसाय संकटमा परेको हो। बजारमा पाइने गलैँचा, कम्बल लगायतका सामग्रीले आफ्नो व्यवसाय संकटमा परेको उनीहरू बताउँछन् । जाजरकोटमा परम्परागत रूपमा बुनिँदै आएका राडीपाखी र बख्खु बिस्तारै लोप हुँदै गएका छन् । 

केही वर्षअघि सम्म हरेक घरमा भेडा तथा बाख्राको ऊनबाट तयार गरिने कपडाको प्रयोग हुन्थ्यो। स्थानीयवासी जनकबहादुर शाहीका अनुसार बजारमा तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग घट्दै गएको छ। युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु बिस्तारै लोप हुन हुन लागेको उहाँले बताउनुभयो । 

हिमाली क्षेत्रमा पाइने भेडाको रौँबाट ऊन तयार पारेर राडीपाखी र बख्खु बुन्ने गरिन्छ। एउटा राडी बुन्नका लागि कम्तीमा पनि दश दिन लाग्ने स्थानीयवासी रामबहादुर रावतले बताउनुभयो । “समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडीपाखी र बख्खु बुन्ने काम घट्दै गएको छ,” उहाँले भन्नुभयो, “अहिले त्यस्ता सामग्री आफन्तलाई कोशेलीका रूपमा पठाउनका लागि मात्र बुन्ने गरिएको छ। पहिले धेरै बिक्री हुन्थ्यो, आजभोलि बजारमा मागसमेत घटेकाले बिक्री हुन छाडेको छ।” बजारमा एउटा राडी रु चारदेखि छ हजार सम्ममा बिक्री हुने गरेको छ। 

समय खर्चिएर भेडाको ऊन काटेर धागो बनाई राडीपाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले घरमै गर्न सकिने यो पेशा बिस्तारै लोप हुँदै गएको स्थानीयवासी बताउँछन्। पुरानो पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले प्रयोगमा रुचि नदेखाएको जाजरकोट उद्योग वणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू