२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सबै भाषाले सम्मान पाएमा राष्ट्रियता सुदृढ हुने

२०७४, १३ फाल्गुन आईतवार ०६:०७

फागुन १३, बर्दिवास। साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । 

बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित सम्मान पाए मात्र नेपाली राष्ट्रियता सुदृढ हुन सक्ने बताउनुभयो । 

आधारशिला स्थापनाको १५ औं वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले हिन्दूहरुको आदिग्रन्थ ‘वेद’मा नै ‘सबै सँगै हिँडौँ, सबैसँगै बोलौ’ भनिए पनि त्यसलाई कर्मकाण्डीय रुपमा लिइँदा असमानता बढेको बताउनुभयो । समृद्ध भाषाले समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने विद्वान्को मतलाई अब व्यवहारमा उतार्नुपर्ने उहाँको भनाइ थियो । 

अध्ययन केन्द्रका अध्यक्ष विन्देश्वर साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झाले पछिल्लो कालखण्डमा राज्यले अख्तियार गरेको ‘एउटै भाषा, एउटै वेश’ को नीतिले ओझेल्याउन खोजेको बताउनुभयो । राज्यले अब भाषासम्बन्धी नीति बनाएर लिपि भएका भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिँदै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

भाषाविद् एवं पूर्वसांसद गोपाल ठाकुरले भाषा र राष्ट्रियता एकार्कासँग अनोन्याश्रित रुपमा जोडिएका विषय भएकाले भाषाको कुरा पन्छाएर सुदृढ राष्ट्रियताको कल्पना गर्न नसकिने बताउनुभयो । 

वाम बुद्धिजीवी श्याम श्रेष्ठले नेपाली समृद्ध भाषा भइसकेकाले अब अर्को भाषालाई स्थान दिँदा अप्ठ्यारो पो पर्ने हो कि भन्ने चिन्ता नगर्न नेपालीभाषीसँग आग्रह गर्नुभयो । उहाँलेमुख्यतः भाषाभित्रैबाट आफ्नो पहिचान खोजिने हुनाले सबै भाषाभाषीले ‘मेरो देश नेपाल र म नेपाली’ भन्ने भावना जागृत गराउन भाषा नीति लचिलो हुनैपर्ने औंल्याउनुभयो । 

राजपा नेपालकी नेत्री एवं प्रदेशसभा सदस्य सुरिता साहले हिन्दी सरकारी कामकाजको भाषा बन्नुपर्ने आफुहरुको पुरानो अडान कायम रहेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते