२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग

२०७४, १३ फाल्गुन आईतवार ०६:३१

फागुन १३, म्याग्दी | धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ । 

वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास वतथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरेको वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुभयो । 

छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आवश्यक मापदण्ड पूरा हुने भएकाले गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन गाउँपालिका, जिल्ला समन्वय समिति, प्रदेशसभा, प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै संघीय सरकारलाई अनुरोध गरेको छ । 

‘‘उच्च हिमाली काखमा रहेको गुर्जामा अल्पसंख्यक छन्त्याल जातिको बसोबास रहेको छ, छुट्टै वेशभूषा, भाषा, संस्कृति र परम्परा रहेको सो क्षेत्रलाई स्वायत्त तथा संरक्षित क्षेत्रका लागि आवश्यक मापदण्ड पुगेकाले सम्बन्धित निकायमा माग गरेका हौँ,’’, वडाध्यक्ष छन्त्यालले भन्नुभयो । 

जिल्ला सदरमुकाम बेनीदेखि २६ कोश टाढाको गुर्जा गाउँपालिकाको केन्द्र मुनाको घट्टेखोलादेखि एक दिनको पैदलदूरीमा अवस्थित छ । वरिपरि हिमाल, घनाजंगल र अग्ला पहाडका बीचमा अवस्थित गुर्जामा भौगोलिक विकटताका कारण राज्यको सेवा सुविधा र पहुँच सहज तवरले अझै पुग्न सकेको छैन । 

प्राकृतिक स्रोत र साधनले परिपूर्ण गुर्जामा धौलागिरि हिमशृंखलाअन्तर्गत पर्ने गुर्जामा गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल तथा मुलुककै एक मात्र आरक्ष ढोरपाटन शिकार आरक्षसमेत समेटिएको छ । म्याग्दीको ‘एक गाउँ एक वडा’ का रुपमा चिनिएको गुर्जा बागलुङ, रुकुम र डोल्पासँग सिमाना जोडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला