२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: नगरपालिकाको एकमात्र वारुणयन्त्र नबन्दा समस्या

१३ फाल्गुन २०७४, आईतवार ०८:२३

चिसाङ शेर्पा / फागुन १३, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नि नियन्त्रक दमकल बिग्रिएर थन्किएको दुई महिना गुज्रिंदा पनि बनेको छैन । गत पुस १८ गते हलेसीबजारमा भएको आगोलागी नियन्त्रण गर्न सदरमुकाम दिक्तेलबाट हलेसी हिडेको दमकल ईन्जिनमा समस्या आएपछि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा थन्केर बसेको छ ।

महादेबस्थान–७ हलेसीबजारमा खाना पकाउने ग्यास सिलिण्डर पड्केर शुरु भएको आगो निभाउन राती दिक्तेलबाट हलेसी हिडेको दमकल अर्खौलेस्थित भञ्ज्याङ भनिने सडकविचमा ईन्जिनमा समस्या आएपछी दुई महिनायता एकतर्फी बाटो छेकेर बसेको छ । हिउँद तथा सुख्खायाममा आगोलागीका घट्ना बढ्ने सम्भावना प्रबल हुंदासमेत नगरपालिकाले अझै दमकल मर्मत गरेर चुस्त राख्न सकेको छैन ।

नेपालमा सामान नपाईने भारतबाट गाडीको ईन्जिन ल्याईएपछी फिटिङ गर्न विभिन्न समस्या हुने भए पनि सामान फिटिङ भईसकेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । पुस १८ गते रातीनै मुढेपुग्दा दमकलको ईन्जिनमा समस्या देखिएको थियो । मेयर रिजालले भने, आपतकालिन अवस्था रहेकाले हलेसी पुग्नलाई दमकल अगाडी बढाईदा अर्खौले पुग्दा पुरै ईन्जिन बिग्रिएको थियो । उनले भने, ‘बढीमा पाँच दिनमा दिक्तेलबजारमा दमकल सञ्चालन हुनेछ ।’

जिल्लाका सडक सञ्जाल पुगेको ठाउँमा नै आगलागी भए हेर्न शिवाय उपाय नभएको स्थानियहरु बताउँछन् । नगरपालिकाको लापारबाहीकै कारण यसअघि पनि दमकल खाशै प्रभावकारी नभएको भुक्तभोगीहरुको भनाई छ ।

नगरपालिकाको दमकल बिग्रिएको दुई महिनाभित्र रावाबेंशी गाउँपालिका–३ लामिडाडाँमा गत फागुन ९ गते धन बहादुर सार्कीको घरमा आगोलागी भएको थियो । आगोलागीमा सार्कीका श्रीमती रत्नमाया सार्कीको शरीरका अधिंकास भाग काम नलाग्ने गरी जल्दा घार्टी र नाईटोमुनीको भागमा छाला फेर्नुपर्ने भएको छ । छाला दिने मान्छे र रकम अभावमा उनी काठमाण्डौस्थित मोडल्स अस्पताल किर्तीपुरमा थल्लिएर बस्न बाध्य छन् । आगोलागीमा सार्कीको १२ लाख ५६ हजारको क्षति भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो