२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: नगरपालिकाको एकमात्र वारुणयन्त्र नबन्दा समस्या

२०७४, १३ फाल्गुन आईतवार ०८:२३

चिसाङ शेर्पा / फागुन १३, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नि नियन्त्रक दमकल बिग्रिएर थन्किएको दुई महिना गुज्रिंदा पनि बनेको छैन । गत पुस १८ गते हलेसीबजारमा भएको आगोलागी नियन्त्रण गर्न सदरमुकाम दिक्तेलबाट हलेसी हिडेको दमकल ईन्जिनमा समस्या आएपछि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा थन्केर बसेको छ ।

महादेबस्थान–७ हलेसीबजारमा खाना पकाउने ग्यास सिलिण्डर पड्केर शुरु भएको आगो निभाउन राती दिक्तेलबाट हलेसी हिडेको दमकल अर्खौलेस्थित भञ्ज्याङ भनिने सडकविचमा ईन्जिनमा समस्या आएपछी दुई महिनायता एकतर्फी बाटो छेकेर बसेको छ । हिउँद तथा सुख्खायाममा आगोलागीका घट्ना बढ्ने सम्भावना प्रबल हुंदासमेत नगरपालिकाले अझै दमकल मर्मत गरेर चुस्त राख्न सकेको छैन ।

नेपालमा सामान नपाईने भारतबाट गाडीको ईन्जिन ल्याईएपछी फिटिङ गर्न विभिन्न समस्या हुने भए पनि सामान फिटिङ भईसकेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । पुस १८ गते रातीनै मुढेपुग्दा दमकलको ईन्जिनमा समस्या देखिएको थियो । मेयर रिजालले भने, आपतकालिन अवस्था रहेकाले हलेसी पुग्नलाई दमकल अगाडी बढाईदा अर्खौले पुग्दा पुरै ईन्जिन बिग्रिएको थियो । उनले भने, ‘बढीमा पाँच दिनमा दिक्तेलबजारमा दमकल सञ्चालन हुनेछ ।’

जिल्लाका सडक सञ्जाल पुगेको ठाउँमा नै आगलागी भए हेर्न शिवाय उपाय नभएको स्थानियहरु बताउँछन् । नगरपालिकाको लापारबाहीकै कारण यसअघि पनि दमकल खाशै प्रभावकारी नभएको भुक्तभोगीहरुको भनाई छ ।

नगरपालिकाको दमकल बिग्रिएको दुई महिनाभित्र रावाबेंशी गाउँपालिका–३ लामिडाडाँमा गत फागुन ९ गते धन बहादुर सार्कीको घरमा आगोलागी भएको थियो । आगोलागीमा सार्कीका श्रीमती रत्नमाया सार्कीको शरीरका अधिंकास भाग काम नलाग्ने गरी जल्दा घार्टी र नाईटोमुनीको भागमा छाला फेर्नुपर्ने भएको छ । छाला दिने मान्छे र रकम अभावमा उनी काठमाण्डौस्थित मोडल्स अस्पताल किर्तीपुरमा थल्लिएर बस्न बाध्य छन् । आगोलागीमा सार्कीको १२ लाख ५६ हजारको क्षति भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित