दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्क, कुटुङसाङका २० जनालाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्क, कुटुङसाङका २० जनालाई"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको गाउँखर्कमा व्यवस्थित घरबास बन्ने

१३ फाल्गुन २०७४, आईतवार ११:०९

फागुन १३, नुवाकोट | दुप्चेश्वर गाउँपालिकाका स्थानीयवासीलाई घरबास सञ्चालनका लागि तालीम दिइएको छ । 


दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्क, कुटुङसाङका २० जनालाई १५ दिने घरवास सञ्चालनको तालीम दिइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । पर्यटकीय गन्तव्य लाङटाङ तथा गोसाइँकुण्ड जाने पदमार्गमा रहेको कुटुङसाङमा पर्यटन प्रबद्र्धनका लागि अक्सफामको सहकार्यमा कार्डसनले सञ्चालन गरेको तालीमले स्थानीवासीयलाई घरबास राख्न प्रेरित गर्ने बताइएको छ । 

तालीमप्राप्त स्थानीयवासीलाई घरबास सञ्चालनका लागि गाउँपालिकाका तर्फबाट सहयोग गरिने अध्यक्ष तामाङले बताउनुभयो । “गाउँपालिकालाई नमूना पर्यटकीय केन्द्र बनाइने छ । होमस्टेको प्रबद्र्धन गरिने योजना रहेको छ”, अध्यक्ष तामाङले भन्नुभयो, “गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक सम्पदालाई पर्यटकीय केन्द्र बनाउनेछौँं । यसबाट स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुनेछ ।” 

सहभागीलाई घरबासबारे जानकारी दिन आउनुभएका तारागाउँ विकास समितिका घनश्याम ढकालले गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा पर्ने भएकाले दुश्चेश्वर गाउँपालिकाले कुटुङसाङ क्षेत्रमा एक रात भए पनि पर्यटकलाई राख्न सक्ने वातावरण बनाएर स्थानीयवासीको राम्रो आयआर्जन गराउने बताउनुभयो । कुटुङसाङ क्षेत्र हुँदै ओहोरदोहोर गर्ने पर्यटकलाई लक्ष्य गरी हाल सञ्चालन भइरहेको घरबासलाई तालीमपछि अझै व्यवस्थित रुपमा सञ्चालन गरिने स्थानीयवासी होटेल व्यवसायी दावा तामाङले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य