२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा गाउँका यूवालाई पलम्बिङ तालिम

१३ फाल्गुन २०७४, आईतवार १५:४३

फागुन १३, कालिकोट । ग्रामीण पुर्ननिर्माण संस्थाद्धारा सञ्चालित सामुदायिक विकास कार्यक्रमले ग्रामीण क्षेत्रका १५ जना यूवाहरुलाई पलम्बिङ सम्बन्धि तालिम शुरु गरेको छ । 

नेपाल सरकार र बेलायत सरकारको साझेदारीमा कालीकोट जिल्लामा लागू भएको उक्त कार्यक्रमको सहयोग, जिल्ला खानेपानी तथा सब डिभिजन कार्यालयको समन्वयमा जिल्लाका तीलागुफा नगरपालिका, नरहरीनाथ र शान्नित्रिवेणी गाउँपालिकाका १५ जना युवाहरुलाई २५ दिने पलम्बिङ तालिम दिन लागेको हो ।


ग्रामीण पुर्ननिर्माण संस्थाका कालीकोट जिल्ला संयोजक लिलाराज न्यौपानेले जिल्लामा नयाँ बन्ने स्थानीय संरचनाहरुमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न तथा ग्रामीण क्षेत्रका विपन्न परिवारका यूवाहरुलाई व्यवससाय गरी उनीहरुको आयआर्जनमा सुधार गर्ने उद्देश्यले १ सय ६० घण्टे पलम्बिङ तालिम आयोजना गरिएको बताए । 

उनले मानव विकास सुचाङ्कमा पछाडि परेको जिल्ला भएकाले गरिबी न्यूनिकरणका लागि बिभिन्न सीपहरु प्रदान गर्नसामुदायिक विकास कार्यक्रम लागू गरिएको बताए ।

२५ दिने तालिममा आधुनिक घर तथा होटलहरुमा पानीको लाईन जडान, ट्वाईलेट, बाथरुममा पानीको लाईन जडान, वास मेसिन राख्ने तरिका र बिभिन्न खानेपानी आयोजनाहरुको मर्मत सम्बन्धि सीप सिकाइने बताए । 

कार्यक्रममा प्रमूख अतिथि तिलागुफा नगरपालिकाका प्रमूख रतनबहादुर शाहीले स्थानीय युवाहरुलाई २५ दिने पलम्बिङ तालिम निकै उपयोगी हुने भन्दै नगरपालिकाले पनि यस्ता सीपयुक्त तालिमहरुमा लगानी गर्ने बताए ।

कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका सूचना अधिकारी देवानन्द धिताल, गैरसरकारी संस्था महासंघका अध्यक्ष बीरेन्द्र बुढा, ग्रामीण पुर्ननिर्माण संस्थाका सुशासन अधिकृत राजेश प्रकाश ऐरी लगायतले युवाहरुका लागि दिन लागिएको पलम्बिङ तालिम उनीहरुको व्यवसायिक विकासका लागि महत्वपुर्ण हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य