२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका यूवाहरु गाउँको बिकासमा जुटे

२०७४, १३ फाल्गुन आईतवार १५:४५

फागुन १३, कालिकोट । पलाता गाउँपालिकाका यूवाहरु गाउँको बिकासका लागि जुटेका छन् । 

गाउँपालिकाले यूवाहरुलाई विदेश जानबाट रोक्न गाउँमै कामको सिर्जना गरेपछि उनीहरु गाउँको बिकासमा लागेका हुन् । यहाँका सयौ यूवाहरु बर्सेनी कामको खोजीमा भारत जाने गर्दछ । गाउँ पालिकाले काम दिए पछि उनीहरुलाई गाउँमै स्वरोजगार बनेका हुन् ।


स्थानीय तहको निर्वाचन भएपछि गाउँमा जनप्रतिनिधी निर्वाचित भएसंगै पलाताका यूवाहरु ‘आफ्नो गाउँ आफै बनाउँ, भन्ने उद्देश्यले गाउँ बिकासमा लागेका हुन् । 

गाउँपालिकाको सबै वडाहरुबाट १०÷१० जना गरी करिब १ सय जना यूवाहरुलाई बिकासमा लगाइएको हो । दैनिक ८ सय रुपैयाँ पाउने गरी यूवाहरु बिकास कार्यदलमा लागेका हुन् । गाउँपालिकाको यस्तो निर्णयले यूवाहरुलाई भारत जान रोकेको छ भने गाउँको बिकासमा पनि सहयोग मिलेको छ ।

गाउँपालिकाले बजेट बिनियोजना गरेका स्थानीय सडक, खानेपानी लगायतका योजनाहरुमा काम पाएका छन् । गाउँपालिका भित्रका भौतिक पूर्वाधारका कामहरुमा युवाहरुलाई संगठित रुपलगाउने जिम्मा गाउँपालिकाले लिएको छ । 

कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए । दक्ष जनशक्ति बाहिरिने र विकासका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरिएको अध्यक्ष बमले बताए ।

पलाँता कालीकोटको विकट र सुख्खाग्रस्त क्षेत्र हो । यहाँका युवाहरु ६ महिना भारत बसेर ६ महिना मात्रै घरमा बस्ने गर्छन् । गाएँपािलकोको निर्णयले यूवाहरुले भारत जानु पर्ने बाध्यता हटेको अध्यक्ष बमको दावी छ । 

गाउँपालिकाले पहिलो चरणमा १ सय युवाहरुलाई डेढ लाखको बीमासहित छुट्टै पोशाक दिएर पहिचानसहित काममा लगाउने तयारी गरेको छ ।  उनीहरुले दैनिक ८ घण्टा काम गरेवाफत  दिनको ८ सय रुपैयाँका दरले एक महिनामा २४ हजार नियमित ज्याला पाउने छन् ।

सामूहिक बिकासको अवधारणा अनुसार युवालाई बिकासमा लगाउने उद्देश्यका साथ भौतिक पूर्वाधार निमार्ण गर्न युवा कार्यदल गठन गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले बताए । 

कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने गरी कार्य बिभाजन गरिएको छ ।पुस महिनाको २४ हजार तलब कार्यदलका सदस्यहरुले पाइसकेको कार्यकारी क्षेत्रीले बताए ।

कार्यदलका सदस्यहरुले सामाजिक लगानी कोष वाफत महिनामा २ हजार जम्मा गर्ने छन् । साथै वर्षमा २४ लाख कामका लागि युवा सहकारीका नाममा जम्मा हुने छ । 

उक्त रकमले युवाहरुको समृद्धिको काम र बिपद् जोखिम् न्यूनिकरणमा खर्च गरिने छ । कार्यदलका सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धित सडक निर्माण आयोजनामा नै व्यवस्था गर्ने सहमति भएको अध्यक्ष बमले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला