२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पर्यटक पर्खंदै म्याग्दीको प्राकृतिक भ्यूटावर ‘बेलढुंगा’

२०७४, १४ फाल्गुन सोमबार ०७:१६

कमल खत्री / फागुन १४, म्याग्दी | बस्तीको शिरमा अग्लो डाँडो । डाँडामाथि प्राकृतिक रुपमै बनेको भ्यूटावर । घना जंगलको बीचमा रहेको प्राकृतिक भ्यूटावरबाट दृष्य अवलोकन गर्दा मन खुशीले फुरुङ्ग हुने गर्छ । 


बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको पर्यटकीय ‘बेलढुंगा’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउने गरेको छ । मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा रहेको बेलढुंगा हिमशृङ्खला, धौलागिरि क्षेत्रका बस्ती एवं प्राकृतिक भू–बनोटलाई एकैठाउँबाट अवलोकनका लागि उत्तम मानिन्छ । 

समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा घना जंगलको बीचमा बेल आकारमा बनेको पहाडको भ्यूटावरबाट धौलागिरि र अन्नपूर्ण क्षेत्रका आधा दर्जन बढी हिमशृङ्खलालाई अवलोकन गर्न सकिन्छ । बेनी नगरपालिका–३ का वडा सदस्य रत्नबहादुर जिसी त्यहाँबाट हिमशृङ्खलासँगै म्याग्दी, पर्वत, बागलुङका करिब तीन दर्जन गाउँबस्तीलाई अवलोकन गर्न सकिने बताउनुहुन्छ । 

“आठवटा जिल्लाका कुनै न कुनै भूभागलाई यहाँबाट देख्न सकिन्छ, धौलागिरि क्षेत्रका महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्र पनि सजिलैसँग अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

पर्यटकीय सम्भावना भए पनि अहिलेसम्म प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावले सो क्षेत्र ओझेलमा परेको मुसुङ गाउँका तारामिलन छन्त्याल बताउनुहुन्छ । सदरमुकाम बेनीदेखि नजिकको दूरीमा रहे पनि सरोकारवालाको बेवास्ताले पूर्वाधार निर्माण गर्न नसकिएको उहाँको गुनासो छ । 

अहिले मुसुङ र बागलुङको ओखलेको सिमानामा पर्ने देउरालीसम्म पुरानो गोरेटो बाटो भएकाले त्यहाँसम्म सहजै रुपमा पुग्न सकिन्छ । देउरालीबाट झण्डै १५ मिनेटको पदयात्रा घना जंगल र अक्करे भिरमा बनाइएको साँघुरो डोरोमा हिँड्नुपर्ने भएकाले तत्काल यस क्षेत्रमा पदमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । मुसुङबाट स्वर्गाश्रम हुँदै देउरालीसम्मको गोरेटो बाटोलाई स्तरोन्नति गरी देउरालीबाट बेलढुंगासम्म व्यवस्थित पदमार्ग निर्माण गरी उक्त क्षेत्रका बारेमा प्रचारप्रसार गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने स्थानीयवासीको आशा छ । 

बाह्रै महिना हिमशृङ्खला र प्राकृतिक भू–बनोटलाई अवलोकन गर्न सकिने उक्त क्षेत्र फागुन– चैतमा फुल्ने लालीगुराँसले सिँगारिन्छ । आगामी चैत– वैशाखमा गन्तव्य बेलढुंगा अभियान सञ्चालन गर्ने तयारी भइरहेको स्थानीय स्वर्गाश्रम युवा क्लबले जनाएको छ । पर्यटकीय सम्भावना बोकेका बेलढुंगा र स्वर्गाश्रम क्षेत्रको महत्व एवं सम्भावनालाई उजागर गर्न क्लबले अभियान सञ्चालन गर्ने योजना बनाएको क्लबका सचिव जितबहादुर पुनले बताउनुभयो ।

“यहाँ पर्यटक भित्र्याउन प्रचारप्रसार र पदमार्गको आवश्यकता छ”, उहाँले भन्नुभयो । यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गर्न सके पर्यटन विकासमार्फत ग्रामीण बस्तीको मुहार फेर्न सकिने उहाँको भनाइ छ । बेलढुंगा र बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको स्वर्गाश्रम क्षेत्रलाई एकीकृत रुपमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न सकेमा यस क्षेत्रमा धार्मिक, एवं अन्य पर्यटक आगमन गराउन सकिने सम्भावना छ । 

मुसुङदेखि साढे एक घण्टामा स्वर्गाश्रम र त्यहाँबाट करिब ४५ मिनेटको दूरीमा बेलढुंगा पुग्न सकिन्छ । स्वर्गाश्रम र बेलढुंगाको पदयात्राबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत आधा दर्जन हिमशृङ्खलाको अवलोकन गर्दा यात्राको क्रममा हुने थकान मेटिने पर्वतका आरके अदिप्त गिरी बताउनुहुन्छ । “यस क्षेत्रको विकास गर्न सके ग्रामीण पर्यटनसँगै स्थानीयवासीको आय आर्जनमा सुधार तथा स्थानीय तहको आन्तरिक आम्दानीमा समेत वृद्धि गर्न सक्छ”, उहाँले भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला