२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाको फोहोरमा ६ लाख लगानी, सरकारी कार्यालयमै फोहोरको डंगुर

२०७४, १४ फाल्गुन सोमबार १५:५१

चिसाङ शेर्पा | फागुन १४, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाको नगर सफाई अभियानमा ६ लाख हाराहारीमा खर्च भएको छ । ‘स्वच्छ, सफा र संमृद्ध नगर सम्पुर्ण रुपाकोट मझुवागढीवासीको रहर’ भन्ने मुल नाराका साथमा गत पुस ५ गतेबाट शुरु सरसफाई अभियानले हालसम्म २ सय ट्याक्टर फोहोर संकलन गर्दा ६ लाख खर्च गरेको हो ।

ट्याक्टर ब्यवसायी संघसँगको सहकार्यमा नगरपालिकाले प्रति ट्याक्टर तीन हजारका दरले पैसा दिदै आएको छ । नगरपालिका र विभिन्न सघंसस्थाको साझेदारीमा सञ्चालित अभियानले तीन महिना समापन गर्दा बजारका अगाडीका आगनमात्रै सफा देखिएको छ । 

अभियानको बेला पहाड नै उचाल्ने गरी जुटेका दिक्तेल बजारबासी र नगरपालिका तातिने त्यसपछी सेलाउने प्रबृत्तिले बजारकै विभिन्न स्थानका पुराना भन्दा पुराना फोहोर ज्युका त्युं रहेको छ । मुलुक संघिय संरचनामा गईसकेपछी स्थानिय सरकार कायम हुंदा सम्पुर्ण बिषयगत काम गर्नुपर्ने र सरससफाईकै काम के हुदैछ भनेर दिनैपिच्छे हेर्न नसकिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

नगर सफाई अभियान नगरको मात्रै नभएर ब्यक्ति÷ब्यक्ति, घर÷घर, सबै कार्यालय र नगरवासीको अभियान भएको मनन गरेर सबैले आ–आफ्नो घर परिसर सफाई राख्नुपर्ने मान्यता बजारवासीमा हुनुपर्ने मेयर रिजालले बताए । उनले भने, ‘केही बजारबासीकै अल्छी र अटेरीपनाका कारण धेरै ठाउँमा फोहोर हट्न नसकेको हो ।’


नगरपालिकाले पुस ५ बाट रातारात लगाएर हप्तादिनमा बजारभित्रका ८० प्रतिशत फोहोर हटाएको थियो । दोश्रो तथा निरन्तर नगर सफाई अभियान चल्ने नगरपालिकाले जनाएको भए पनि हप्ताको तीन दिन फोहोर संकलनमा ट्याक्टर खाशै आएको देखिन्न । बिहान ९ ः३० देखी १० ः३० र दिउसो ३ ः ३० देखी ४ः ३० सम्म मोटरसाईकल बाहेक साना तथा ठूला सवारी साधन गुडाउँन नपाईने नगरपालिकाको नियम पनि सेलाएको छ । 

नगरपालिकाले फोहोरमा ६ लाख खर्च गर्दा हाँटडाडाँ, जयपुरेडाडाँ, जिल्ला बन कार्यालय अगाडी, सिंचाई कार्यालय कम्पाउण्ड बाहिर तथा दिक्तेल बजारका घरघर पछाडी फोहोरको ह्रास उस्तै रहेको छ । नगरपालिकाका मेयर रिजालका अनुसार सफाई अभियानलाई निरन्तरता दिने सम्बन्धित ब्यक्ति, कार्यालय र घर परिवार नै रहेको बताए ।  उनले भने, ‘सरसफाईको क्षेत्रमा सन्तोषजनक सुधार भएको छ । तर, पुर्णरुपमा भयो अब केही गर्नु पर्दैन भन्ने स्थिती चाँही छैन ।’

सफा सुन्दर शहर बनाउन नगरपालिकाले ताकेता गरिरहने बजारबासी अल्छी हुने र सरकारी कार्यालय परिसर फोहोरले ढाकिंदा नगर सफाई अभियान अन्यौल भएको छ । दिक्तेल बजारका बासिन्दा फोहोर उठाउन आएको ट्याक्टरमा समेत फोहोर लगाउन मन नगर्नुले घरको पछाडीतिर फोहोर बढी देखिएको हो ।

नगरपालिकाले दिक्तेल बजारवासीलाई आसपासका फोहोर ट्याक्टरमा लगाउन भन्ने तर, आफैले बनाएको फोहोर कतीले ट्याक्टरमा नलगाईदिंदा अझै केही स्थानमा फोहोर उस्तै रहेको नगर प्रमुख रिजाल स्वीकार्छन् । जबसम्म आफै सचेत भएर त्यस्ता फोहोर सम्बन्धित आफैले उठाउदैन तबसम्म फोहोर रहने उनले बताए । 

नगर सफाई अभियानमा सचेत गराई रहने र टोल सुधार समिति फोहोर व्यवस्थापनमा  अत्यन्तै सुक्ष्म तवरमा खटिरहेको नगरपालिकाले जनाएको छ । बजार आसपासका फोहोर देख्दा नगरपालिका धेरै खट्नुपर्ने छ ।

सरकारी कार्यालय जिल्ला समन्वय समिति परिसर, शौचालय, जिल्ला शिक्षा कार्यालय, कृषि बिकास कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र पछाडी, जिल्ला मालपोत कार्यालय पछाडीका ठाउँमा फोहोर अझै जस्ताको त्यस्तै छ । सरकारी कार्यालयमा रहेका कर्मचारी अल्छी हुनुले बजारभन्दा सरकारी कार्यालय वरपर फोहोर अत्याधिक देखिन्छ ।

जिल्लाका विभिन्न सञ्चार माध्यममा नगर सफाई तथा सरकारी कार्यालय फोहोरले भरिएको भन्ने समाचार आउँदा समेत केही सरकारी कार्यालयले लाज पचाएर अझै बानी सुधार गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा