शान्नित्रिवेणीमा माटो परिक्षण शिविर

Posted on: 26 Feb, 2018

फागुन १४, कालिकोट | जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकामा पहिलो पटक माटो परिक्षण सम्वन्धि ३ दिने तालिमको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि स्थलगत रुपमा माटो परिक्षण शिविर तथा कृषि उत्पादनका लागि भुगोल पहिचान गरिएको गाउँपालिकाको कृषि शाखा प्रमूख प्रा.स पर्शुराम काफ्लेले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष डम्वरबहादुर शाहीले माटोको पिएच मिटर राखि शिविरको उद्घाटन गरेका हुन् । गाउँपालिकाका विभिन्न ठाउँको माटो संकलन गरि कुन ठाउँको माटोमा कुन बाली उत्पादन हुन्छ भनि माटो परिक्षण गर्न लागिएको बतायएको छ । कार्यक्रमा बोल्दै नेपालगंजका माटो विशेषज्ञ देवबहादुर केसीले कालिकोटमा पहिलो पटक माटो परिक्षण शिविरको आयोजन गर्ने शान्नित्रिवेणी गाउँपालिकालाई धन्यवाद ज्ञापन गरे ।

उनले कृषि पेशालाई व्यवसायिक बनाई कृषिमा आत्मनिर्भर बनाउन शिविरले ठुलो सहयोग हुने विश्वास व्यक्त गरे । कृषि क्षेत्रको व्यवसायिक विकासका लागि सञ्चालन गरिएको शिविरले माटोको सम्भावना पहिचान गरी गाउँपालिकामा कृषि उत्पादनमा वृद्धि आउने बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!