२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको बर्दिवासमा एम्बुलेन्स नहुँदा मर्कामा सर्वसाधारण

१५ फाल्गुन २०७४, मंगलवार ०६:५०

गोपालप्रसाद बराल / फागुन १५, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रका सर्वसाधारण आकस्मिक उपचार सेवाका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा परेका छन् । 

एक वर्षदेखि बिग्रेर थन्किएका बर्दिवासको सरकारी अस्पताल (बर्दिवास अस्पताल) का दुवै एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा नल्याउँदा यस क्षेत्रका सर्वसाधारणले आकस्मिक उपचार सेवा लिन पाएका छैनन् । । अस्पतालले एम्बुलेन्स मर्मतसम्भार गरेर सञ्चालन गर्न तत्परता नदेखाउँदा यस भेगका विपन्न मान्छे चर्को मूल्यमा निजी एम्बुलेन्स लिएर अस्पताल पुग्न बाध्य हुनुपरेको सर्वसाधारणको गुनासो छ । 

‘एक वर्ष भइसक्यो, एम्बुलेन्स बिग्रेको, अहिले बन्ला छैन, भोलि बन्ला छैन’, बर्दिवास–२ बुद्धचोककी पवित्रा खड्काले अस्पताल प्रशासनप्रति रोश व्यक्त गर्दै भन्नुभयो, “के छ र ? ठूलाबडालाई पैसा भएपछि सुविधा पाकै छन्, मर्ने र मर्कामा पर्ने त गरीबगुरुवा त हुन् नि ।” 

बर्दिवास अस्पताललाई भारत सरकारले उपलब्ध गराएको ज १ झ ३६० नं को एम्बुलेन्स गत वर्षको बाढीले बगाउँदा बिग्रेर थन्किएको करीब सात महिना भइसकेको छ । त्यसैगरी बिरामीको सुविधाका लागि पाकिस्तान सरकारले उपलब्ध गराएको अर्को ना १ झ ९४८ नं को एम्बुलेन्स बिग्रेर थन्किएको एक वर्ष भइसक्दा पनि यसको मर्मतसम्भारमा कसैले वास्ता नदेखाएको सेवाग्राहीको गुनासो छ । 

“वरपर छरछिमेक र आफ्नै घरमा पनि स्वास्थ्य समस्या परिरहेको हुन्छ”, बर्दिवास–९ पशुपतिनगरकी सामाजिक कार्यकर्ता शैल महतोले भन्नुभयो, “अति आवश्यकतामा एम्बुलेन्सका लागि फोन ग¥यो, जहिले बिग्रेको छ भन्ने जवाफ आउँछ ।” अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल विकास समितिका पदाधिकारी र नगरपालिकाका प्रतिनिधिले चाहिएको बेला अन्यत्रबाटै एम्बुलेन्स सुविधा पाउने भएपछि सर्वसाधारण जनताको काममा आउने सरकारी अस्पतालको एम्बुलेन्समा कसैको ध्यान नपुगेको महतोको आरोप छ । 

अस्पतालका कर्मचारी भने रकमकै अभावमा एम्बुलेन्सको मर्मत हुन नसकेको बताउँछन् । विगतमा एम्बुलेन्स सेवावापतको बाँकी रकम असुल नभएको र अहिले कतैबाट मर्मत खर्चको जोहो हुन नसक्दा मर्मतमा समस्या भएको एम्बुलेन्स व्यवस्थापन समितिमा अस्पतालका प्रतिनिधि मिथिलेश साह बताउनुहुन्छ । विगतमा दिइएको सेवावापत रु तीन लाखभन्दा बढी रकम असुल हुन बाँकी रहेको साहको भनाइ छ । 

बर्दिवास, औरही र भंगाहा नगरपालिका तथा छिमेकी जिल्ला धनुषाका मिथिला नगरपालिका र सिन्धुलीका कमलामाई र दूधौली नगरपालिकाका विभिन्न बस्तीसहित एक लाख ५० हजार जनसङ्ख्या ओगटेको क्षेत्रलाई बर्दिवास अस्पतालले स्वास्थ्योपचार सेवा सेवा दिँदै आएको छ । ठूलो भूगोल क्षेत्रका एक लाख ५० हजारभन्दा बढी जनसंख्याले उपचार लिने अस्पतालको एम्बुलेन्स कवाडी खानामा थन्किँदा गरीब परिवारका सेवाग्राही समयमै स्वास्थ्य सेवा पाउने अवसरबाट वञ्चित भएको बर्दिवास–११ खयरमाराका सामाजिक कार्यकर्ता नीरनाथ गेलाल बताउनुहुन्छ । 

नगरपालिकाको चासो 

बर्दिवास नगरपालिकाले एम्बुलेन्सबारे चासो बढाएको छ । एम्बुलेन्स के कस्तो अवस्थामा छन्, विगतमा एम्बुलेन्सको रकम के कसरी संकलन र खर्च भएको छ, अब एम्बुलेन्सको नियमित मर्मतसम्भार कसरी गर्न सकिन्छ भन्ने अध्ययन गरेर आवश्यक कदम चालिने नपाले जनाएको छ । जनताको सुविधालाई ध्यान दिँदै तत्काल एम्बुलेन्स मर्मतका लागि रकम जुटाउन लागिएको नपा स्वास्थ्य शाखाका सहसंयोजक मीनबहादुर सेनले जानकारी दिनुभयो । 

यही फागुनको अन्तिमसम्म कमसेकम एउटा एम्बुलेन्स मर्मत भएर काममा आउने गरी काम थालिएको सेनको भनाइ छ ।

जग्गा अतिक्रमणको चपेटामा 

बर्दिवास नगरपालिकाको पुरानो विद्यालयको जग्गा अतिक्रमणको चपेटामा परेको छ । बर्दिबास–२ स्थित जनता माविको नगर क्षेत्रभित्रकै २१ बिघा जग्गामध्ये नौ बिघा जग्गा अतिक्रमणमा परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । बर्दिवासको शाखसँग जोडिएको सो विद्यालयका नाउँमा दर्ता रहेको २१ बिघा जग्गामध्ये अहिले १२ बिघा मात्र भोगचलन हुनसकेको छ । 

छ महिना पहिलेसम्म १० बिघा मात्र भोगमा रहे पनि यसबीचमा व्यवस्थापन समितिको पहलमा खोज गर्दा थप दुई बिघा जग्गा स्वामित्वमा लिइएपछि १२ बिघा जग्गा भोगमा आएको अध्यक्ष देवनारायण महतोले जानकारी दिनुभयो । विद्यालयका नाउँमा दर्ता रही भोगमा आउन नसकेको जग्गाबारे खोजविन भइरहेको व्यवस्थापन समितिले जनाएको छ । 

विद्यालयका जग्गामा घर बनाएर बसोवास गरिहेकाहरुले किचलो गर्दा विद्यालयलाई भोगमा समस्या आएको हो । विभिन्न दाताका दानबाट प्राप्त जग्गा खोजी गरेर स्वामित्वमा लिन नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीसहित यहाँका सबै राजनीतिक दलका प्रतिनिधि र व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले कार्यदल बनाएर कामअघि बढाउने निर्णय गरेको अध्यक्ष महतोले जानकारी दिनुभयो । 

विसं २०७२ तिर प्राथमिक विद्यालयका रुपमा स्थापित सो विद्यालयमा २०३७ सालदेखि माध्यमिक तहको पठनपाठन शुरु भएको हो । हाल १२ कक्षासम्म पठनपाठन भइरहेको विद्यालयमा एक हजार २०० विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रअ दिलीप तिवारीले बताउनुभयो । 

खासमा गरीब, दलित र निम्न वर्गका बालबालिका पठनपाठन गर्ने विद्यालयबारे ठूलाबडाले ध्यान दिन छाडेपछि विद्यालयको भौतिक, शैक्षिक र प्रशासनिकक बेथिति बढेको विद्यालय नजिकैको एकीकृत नमूना मुसहर बस्तीका बिल्टु सादा बताउनुहुन्छ । 

पछिल्ला दिनमा विद्यालयका जग्गा, विद्यालय प्रशासन र शैक्षिक अवस्थाका बारेमा आएका गुनासोबारे गम्भीर ध्यानाकर्षण भएको नपाका प्रमुख कार्कीले बताउनुभयो । आफ्नो तहबाट समस्या निराकरण गर्न पहलकदमी थालिएको उहाँको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी