२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा छुटाछुट्टै दुर्घटना एकको मृत्यु, सात जना घाईते सबैको बुटवलमा उपचार हुँदै

२८ बैशाख २०७३, मंगलवार १२:४२

dang newsसन्तोषकुमार गुप्ता/ बैशाख २८, दाङ ।  दाङको तुलसीपुरमा मंगलवार विहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने थप दुई जना गंभिर घाईते भएका छन् । तुलसीपुर अमेलीया सडक खण्डको तुलसीपुर १२ हरिपौरीमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा तुलसीपुर १८ का २० वर्षीय विजय धितालको मृत्यु भएको छ ।

दुर्घटनामा परि गंभिर घाईते उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मृतक धिताल घरतर्फ जाँदै थिए । मोटरसाईकलमा पछाडी सवार उनका फूपुका छोरा घोराही निवासी २० वर्षकै मनिस धिताल गम्भिर घाईते भएका छन् ।

उनको हाल राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि बोलेरो चालक विजौरी ४ हेमन्तपुर निवासी निवासी अन्दाजी २६ वर्षीय यमबहादुर डाँगी पनि गम्भिर घाईते भएका छन् । उनको पनि हाल राप्ती अञ्चल अस्पतालमै उपचार भइरहेको छ । मंगलवार विहान साढे १० बजेतिर अमेलीयावाट तुलसीपुर आउँदै गरेको ग २ च १०४४ नम्वरको बोलेरो र तुलसीपुरवाट सितलपुरतर्फ जाँदै गरेको रा २ प ८१६ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । तिव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

त्यसैगरी लमही सहकर्मी दशरथ घिमिरेका अनुसार ट्रकले मोटर साईकललाई ठक्कर दिँदा दाङमा तीन जना घाईते भएका छन् । दुर्घटनामा परि मोटरसाईकलमा सवार सतवरीया २ बनघुस्री निवासी लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदी, उनकी श्रीमती नारायणी सुवेदी र दामोदर पुन मगर घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय लमहीका अनुसार घाइते तीनै जनाको लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ । घाईते तीनै जनाको खुट्टा फ्याक्चर भएको जानकारी दिइएको छ । मंगलवार विहान साढे ८ बजेतिर पूर्वपश्चिम राजमार्गको सतवरिया २ वनघुर्सीमा ना २ ख ४७१३ नम्वरको ट्रकले रा १ व २३१ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको ट्रक र पश्चिम वाट पूर्वतर्फ जाँदै गरेको मोटरसाईकल एक आपसमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।
त्यसैगरी देउखुरीको भालुवाङ प्यूठान सडक खण्ड अन्र्तगत बर्राबासको ओरालोमा मंगलबार टेक्टर दुर्घटना हुँदा दुई जना महिला गम्भीर घाईते भएका छन् ।

प्यूठानको ददेरीबाट दाङको भालुवाङ आउने क्रममा रा १ त १४३४ नम्बरको टेक्टर लालमटिया—३ बर्राबासमा अन्त्रित भई टेक्टरको ट्राली पल्टिदा लालमटिया—३ की ३२ बर्षीय प्रमिला महत्तरा र सोही ठाउँकी ३३ बर्षीय आसा चौधरी गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

घाईते दुबैको भालुवाङ्गमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल पठार्ईएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका ट्राफिक प्रमुख अम्मर थापाले जानकारी दिए । टेक्टर र चालकलाई भने ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो