जिल्लामा बैज्ञानिक बन तथा व्यवस्थापनको बिबिध पक्षहरुबारे स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लामा बैज्ञानिक बन तथा व्यवस्थापनको बिबिध पक्षहरुबारे स"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा २ सय ८८ सल्लाका रुख कटान कटान गरिँदै

१५ फाल्गुन २०७४, मंगलवार १६:२७

प्रकाश बम/फागुन १५, डोटी । डोटीमा सल्लाका रुख कटान गर्न लागेको जिल्ला बन कार्यलय डोटीले जनाएको छ ।


जिल्लामा बैज्ञानिक बन तथा व्यवस्थापनको बिबिध पक्षहरुबारे सिलगढीमा अन्तरक्रिया कार्यक्रम पछि माथिल्लो फुलौट सामुदायि बनमा गरीएको अनुगमन उक्त कुराको जानकारी गराएको हो ।

बैज्ञानिक बन ब्यवस्थापनको अबधारणको कार्ययोजना अनुसार पुर्बिचौकि गाउपालिका – १ मा रहेको सामुदायिक बनमा रहेका ४ सय पच्चिस सल्लाका रुखमा

लगाएका टाँचा मध्ये दुइ सय अठासि सल्लाका रुख कटान गर्न लागिएको जिल्ला बन अधिकृत बद्रि कुमार कार्किले जानकारी दिनु भयो ।

जिल्ला बन कार्यलयको दश बर्षको कार्ययोजना अनुसार पहिलो बर्ष बैज्ञानिक पद्धति अनुसार ६.५ हेक्टरमा रहेका बनमा काम नलाग्ने रुख यसै आर्थिक बर्ष भित्र कटान गर्न लागिएको उहाले बताउनु भयो ।  

सामुदायिक बनलाई उक्त सल्लाका रुख कटान गर्न अनुमति दिन लागेको बन अधिकृत कार्किले बताउनु भयो । अनुगम गरीएको सामुदायिक बनमा बन ऐन निर्देशिका बिपिरीत सल्लाका रुखमा खोटो संकलन गरीएको जिल्ला समन्वय समितका उप –संयोजक शसि शोपले बताउनु भयो । 

यसरी निर्देशिका बिपरीत खोटो संकलनले जिल्लामा रहेका सल्लाका रुख सुक्ने भएकाले निर्देशिकाको दायरमा भित्र काम नगर्ने कानुनि दायरामा ल्याउनु पर्ने उहाले बताउनु भयो । अनुगमन कार्यक्रममा सरोकारावालहरुको उपस्थिति रहेको थियो ।

डोटीका गन्धर्व बन जोगाउ अभियानमा

डोटीमा यतिबेला गन्र्धव जातिहरु बन जोगाउने गित गाउदै बिभिन्न कार्यक्रममा सहभागि भै रेहका छन् । 

गर्मि याममा बन जोगाउ, आगो नलगाउ भन्दै आज जिल्ला बन कार्यलयल डोटीले गरेको अन्तक्रीया कार्यक्रममा चार जना गन्र्धबहरुले सहभागिहरुलाई मन छुने गित सुनाएका थिए हुन् । 


सारङ्गिको धुन र मादलकोतालमा बन सम्पदा सम्बन्धि गन्र्धवहरुले गित गाएका थिए । पछिल्लो समय आधुनिकगित संगितका कारण पछाडी परेको लोपोन्मुख गन्र्धव जाति संगितका माध्यमबाट अहिले जन चेतना मुलक  गित गाएर जिविका पार्जन गर्दै आएको हेमराज गन्र्धवले बताउनु भयो । 

सारङ्गि बजाएर यसैका स्वरमा लपक्क पार्ने गरी दर्शक श्रोतालाई लोभ्याउन्या गन्र्धव जातीको बिशेषता रहेको छ । आर्थिक उपर्जान गर्ने श्रोतका रुपमा सारङ्गि रेटेर र गित गाउने गन्र्धव जातिको पेशाका रुपमा लिन सकिनछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु